AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

धनपालथानमा उपचुनाबको तयारी

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

६ कार्तिक २०७६, बुधबार ०७:२६
3
Shares
विराटनगर / मंसिर १४ गते हुने उपनिर्वाचनले मोरङको धनपालथान गाउँपालिकामा राजनीतिक चहलपहल बढ्न थालेको समाचार आजको जनविद्रोह दैनिकले छापेको छ ।

धनपालथान गाउँपालिका २ को वडाध्यक्ष पदका लागि निर्वाचन हुँदैछ । सो निर्वाचनका लागि नेपाली काँग्रेसले सर्वसम्मत रुपमा उमेदवारको सिफारिस गरेपछि अन्य दलभित्र पनि उमेदवारीका लागि दौडधुप सुरु भएको छ ।

नेपाली काँग्रेसले नारायणप्रसाद साहको एकल नाम वडाध्यक्षको उमेदवारको रुपमा सिफारिस गरेको छ । एकजनाको मात्र नाम सिफारिस भएकोले उनको उमेदवारी करिव निश्चित रहेको बताइएको छ ।

नेपाल कम्युनिष्ट पार्टीको उमेदवारको अहिलेसम्म टुंगो लागिसकेको छैन । नेकपाले कार्तिक १० गतेभित्र उमेदवार सिफारिस गर्न भनेको भएपनि स्थानीय पार्टी कमिटीमा भने अहिलेसम्म औपचारिक छलफल भएको छैन ।
वडाध्यक्ष पदका लागि नेकपामा तीन जना आकांक्षी देखिएका छन् । अशोक मण्डल, अरुण चौधरी र पंकज मण्डल तीन जनाले वडा अध्यक्ष पदका लागि दावी गरिरहेका छन् ।

लामो समय पार्टीको स्वास्थ्य समन्वयकर्ताको रुपमा रहेर जनताको सेवा गरेको र जनस्तरमा राम्रो सम्पर्क बनाएका अशोक मण्डललाई वार्ड अध्यक्षको रुपमा अगाडि सार्ने सम्भावना बलियो रहेको नेकपा स्रोतले बताएको छ । तर, नेकपा मोरङका सचिव गणेश उप्रेती सुशिलले अहिलेसम्म उमेदवार सिफारिसको प्रक्रिया अघि नबढेको बताए । उनले स्थानीय आवश्यकता र बिजय बन्ने आधार भएका व्यक्तिलाई पार्टीले उमेदवारको रुपमा अघि सार्ने बताए ।

तत्कालिन नेकपा एमालेको तर्फबाट ११५० मतकासाथ बिजयी बनेका बलराम भगत गन्गाईको सर्पको डसाइका कारण मृत्यु भएपछि सो वडामा उपनिर्वाचन हुन लागेको हो ।

२०७४ को सो निर्वाचनमा सो वडामा नेकपा माओवादी केन्द्रले ५ सय ५० मत प्राप्त गरेको थियो । नेपाली काँग्रेसले ८ सय ५० मत प्राप्त गरेको थियो भने संघीय समाजवादी फोरमले २० मत भन्दा कम ल्याएको थियो । अहिले वडामा ४ हजार २ सय मतदाता रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर