RUMPUM
animated ellipse animated ellipse

विराट राजवंशीलाई आदिवासीमा सुचिकृत गर्न पहल गर्छु–प्रदेशप्रमुख प्रा.डा तुम्वाहाङ

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

५ कार्तिक २०७६, मंगलवार २१:४३
18
Shares

विराटनगर / विराट राजवंशीलाई आदिवासीमा सुचिकृत गर्न पहल गर्ने प्रदेश १ प्रदेश प्रमुख प्रा.डा गोविन्दवहादुर तुम्वाहाङले बताएका छन् ।

विराट राजवंशी समाज उत्थान समितिद्वारा आज मोरङको वुढीगँगा गाउपालिका–३ स्थित बाँसवारीमा आयोजित सुकरात(दिपावली)–२०७६ को उपलक्ष्यमा खाना, संस्कृति र परम्पराको प्रदर्शनीको उद्घाटन गर्दै सो कुरा प्रा.डा तुम्वाहाङ वताका हुन् । उनले सुखीपर्व मनाउने भएको यसलाई ‘सुकरात’ भनिएको हुनुपर्छ भन्दै यो समुदायको भेषभूषा, भाषा , रितिरिवाज , चाँड पर्व आदिमा धनी भएकोले यसको जर्गेनावाट मुलुकमा समृद्ध कायम हुने बताए ।

समितिका केन्द्रीय अध्यक्ष भुवनेश्वर मण्डल, पूर्व सांसद भूटनीदेवी खवास, वुढीगंगा गाउँपालिकाका अध्यक्ष बालचन्द माझी, उपप्रमुख अमृत गच्छदार , नेपाल कम्यूनिष्ट पार्टी(नेकपा)का सत्यनारायण चौधरी र समितिका युवासङ्घका अध्यक्ष कुशेश्वर राजश्वसीे लगायतले यस प्रकारको प्रदर्शनीवाट आजका युवापुस्ता तथा अन्य समुदायलाई राजवंशी समुदायले मनाउने चाँड पर्वको जानकारी हुने बताए ।

सो अवसरमा राजवंशी समूदायले सुकरात ( दिपावली) मनाउन तरिकाका सम्वन्धमा स्टल राखी प्रर्दशन गरिएको छ । स्टलमा राजवंशीको सुकरात मनाउने तरिकाका सम्वन्धमा हुकाहुकी, कन्डिल, गोठी पूजा, चौका, तथा खानाको परिकार वगियामाँस,होविलगायत आठ वटा स्टलमा प्रदर्शन गरिएको थियो ।
कार्यक्रमा राजवंशी समुदायको मौलिक नृत्यु ‘चुरखल्ली’ प्रस्तुत गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर