पूर्वाञ्चल खबर
भोजपुर / भोजपुरको षडानन्द नगरपालिकामा एक महिलाको विभत्स हत्या भएको छ ।
षडानन्द नगरपालिका १ नेपालेडाँडाबाट खेल हेरेर घर फर्कंदै गरेकी वडानन्द ३ बस्ने २८ वर्षीया कल्पना राईको हत्या भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।
शनिबार साँझ षडानन्द २ र ३ को सिमानामा पर्ने उपंखा भन्ने ठाउँमा धारिलो हतियार प्रयोग गरी राईको हत्या भएको प्रहरीको भनाइ छ । बजारबाट फर्किंदै गरेका कल्पना राई र १८ वर्षीया नविना राईमाथि धारिलो हतियार प्रयोग भएको थियो ।
कल्पनाको घटनास्थलमै मृत्यु भएको थियो भने घाइते नविनाको चिउँडोमा चोट लागेको प्रहरीले जनाएको छ । कल्पनाको शरीरको विभिन्न भागमा चोट लागेको बताइएको छ । नविना स्थानीय स्वास्थ्य चौकी खार्ताम्छामा उपचारपश्चात घर फर्किएको दिङ्ला प्रहरीले जनाएको छ ।
घटनामा संग्लग्न भएको आशंकामा प्रहरीले षडानन्द नगरपालिका– ३ का २१ वर्षीय प्रदीप बस्नेतलाई पक्राउ गरेको छ । उनलाई आज विहान षडानन्द–५ चिउरीबोटेका सविन तामाङको घर बाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।
दुई महिलाको हत्या सुरुमा धारिलो हतियार प्रहरी भएपछि बाटो भन्दा ५० मिटर तल लगेर ढुङ्गासमेत प्रहार भएको प्रहरीको भनाइ छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ । हत्याको कारण खुलेको छैन ।