पूर्वाञ्चल खबर
विराटनगर उपमहानगरपालिका–५ स्थित शहरी स्वास्थ्य प्रवद्र्धन केन्द्रमा बालबालिकालाई भिटामिन ‘ए’ खुवाउँदै मन्त्री घिमिरेले प्रदेशमा अपांगता उल्मूलन गरिने बताएका छन् ।
लक्षित वर्गलाई अभियानमा सहभागी बनाउन सहयोग पु¥याउन मनत्री घिमिरेले सबैसँग आग्रह समेत गरे । प्रदेशबाट चार वर्षभित्र अपाङ्गता उन्मूलनका लागि १ सय ३७ स्थानीय निकायमा केन्द्र स्थापना गरिने र सुरुआत यस वर्ष २७ स्थानबाट गरिने उहाँको भनाइ छ ।
विगतमा औलो, पोलियो र विफरजस्ता रोगको उन्मूलन भएजस्तो रोग लाग्न नदिन प्रदेश सरकारले चलाएको अभियानलाई सहयोग पु¥याउनुपर्नेमा मन्त्री घिमिरेले जोड दिए ।
६ महीनादेखि पाँच वर्षसम्मका मोरङमा एक लाख नौ हजार बालबालबालिकालाई भिटाभिन ‘ए’ तथा १ वर्षदेखि पाँच वर्षसम्मका ९७ हजार बालबालिकालाई जुकाको औषधि आज र भोली खुवाइने प्रदेशका जिल्ला स्वास्थ्य कार्यक्रम अधिकृत ज्ञानबहादुर बस्नेतले जानकारी दिए ।
कार्यक्रममा कुपोषणग्रस्त भएका ६ महीनादेखि २३ महीनासम्मका बालबालिकाको पाखुरा नापी ‘बालभिटा’ चक्की दिनको एकका दरले २ महीनासम्म खुवाउन वितरणको व्यवस्था गरिएको छ ।