AArya
RUMPUM
animated ellipse animated ellipse

५ किलो अवैध सुनसहित पक्राउ परेका भोटे सार्वजनिक

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

३० आश्विन २०७६, बिहीबार १७:२६
3
Shares

संखुवासभ/ संखुवासभको भोटखोला गाउँपालिकाबाट पाँच किलोग्राम अवैध सुनसहित पक्राउ परेका २६ वर्षीय तोप्चेन भोटेलाई जिल्ला प्रहरी कार्यालय संखुवासभले आज सार्वजनिक गरेको छ ।

चीनको तिब्बतबाट जिल्लाको किमाथाङ्का नाका हुँदै ठूलो परिणामको सुन ल्याइँदै गरेको विशेष सुराकीका आधारमा चेपुवा प्रहरीले भोटेलाई भोटखोला–२ लिङ्गमको घट्टेखोलाबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख भीम लामाले जानकारी दिए ।

भोटेलाई काठमाडौं पठाइएको संखुवासभाका प्रहरी प्रमुख लामाले जानकारी दिए । भोटेलाई ५ किलो सुनसहित आजै यति एयर विमानबाट काठमाडौं पठाइएको प्रहरी प्रमुख लामाले बताए । पक्राउ परेका भोटे र बरामद भएको सुन अबैध ५ किलो सुनसहित राजश्व अनुसन्धान कार्यालय हरिहर भवन ललितपुरमा जिम्मा लगाइ सकिएको संखुवासभा प्रहरीले जनाएको छ।

भोटेको साथबाट फेला परेको अवैध सुन कसको हो भन्न खुलेको छैन । सुराकीको आधारमा चेपुवा प्रहरीले भोटेको झोला खानतलासी गर्दा झोलामा माथिबाट विस्कुट, छुर्पी, चक्लेट फेला पारेको थियो । झोलामा पट्याएर राखेको ज्याकेटको गोजीभित्र रातो झोलामा टेपले बाँधेर राखेको अवस्थामा ५ थान सुन सोमबार विहान फेला पारेको थियो । भोटेका साथबाट बरामद गरिएको सुनको बजार मूल्य करिव तीन करोड सात हजार बराबरको रहेको संखुवासभा प्रहरीले जनाएको छ ।

स्थायी घर मकालु गाउँपालिका ४ का भोटे खाँदबारी १ मा बस्दै आएका थिए । संखुवासभामा यति ठूलो परिमाणको सुन पक्राउ परेको पहिलो घटना हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर