पूर्वाञ्चल खबर
विराटनगर / १५ दिनमा मोरङमा २१ जनाकोे मृत्यु भएको मोरङ प्रहरीले जनाएको छ ।
मोरङमा असोज महिनाको घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्मको १५ दिनको अवधिमा २१ जनाको मृत्यु भएको मोरङ प्रहरीले जनाएको हो ।
मोरङ प्रहरीले आज विराटनगरमा आयोजित पत्रकार सम्मेलनमामा सो अवधीमा झुण्डिएर आत्महत्या गर्ने ११ जना, सवारी दुर्घटनावाट ६ र बेवारिसे अवस्थामा चार जनाको मृत्यु भएको जानकारी जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख एस्पी विश्व अधिकारीले जानकारी दिए ।
यस्तै बिष सेवन गरी आत्महत्याको कोशिस गर्ने घाइतेहरुको संख्या भने १५ जना रहेको एस्पी अधिकारीले जानकारी दिए । एस्पी विश्व अधिकारीलका अनुसार उक्त अवधिमा ट्राफिक उल्लंघन गर्नेहरु दुई हजार २७ वाट ११ लाख ३३ हजार राजश्व संकलन गरिएको जानकारी दिए ।
प्रहरीले भारतवाट भन्सार छली गरी ल्याएको ८ लाख ८५ हजार मूल्यका विभिन्न सामानहरु नियन्त्रणमा लिएको छ भने विभिन्न अपराधका घटनामा संलग्न भएको आरोपमा १ सय ३७ जनालाई पक्राउ गरी ६० जनालाई मुद्दा चलाएको मोरङ पहरीले जनाएइको छ ।