२५ पुस, विराटनगर/ नयाँ एचआईभी एड्सका संक्रमित दर घटेपनि मृत्युदर भने बढेको पाईएको छ ।
स्र्पश नेपाल विराटनगरले आज सोमबार विराटनगरमा पत्रकार सम्मेलन आयोजना गरि यस्तो जानकारी गराएको हो ।
राष्ट्रिय एचआईभी एड्स महासंघको अध्यक्ष अच्यूत सिटौलाले दिएको जानकारी अनुसार सन २०१५ सम्ममा देशभरी ४० हजार एचआईभी संक्रमित रहेको जानकारी दिए । सचेता कारणले गर्दा प्रत्येक वर्ष ०.२ प्रतिशतको दरले एचआईभी संक्रमित घटेको उहाको भनाई छ ।
एचआईभी संक्रमितको संख्यामा कमि आएपनि मृत्यदुर भने बढेको अध्यक्ष सिटौलाले बताए । उनका अनुसार देशभरी प्रत्येक वर्ष दुई हजार तीन सयको संख्यामा एचआईभी संक्रमितको मृत्यु हुने गरेको बताए ।
एचआईभी संक्रमितहरु समाजमा खुल्न नचाएको र नियमित रुपमा औषधि सेवन नगर्दा चाँडै मृत्यु हुने गरेको अध्यक्ष सिटौलाले जानकारी दिए ।
राष्ट्रिय एचआईभी एड्स महासंघले गरेको सर्वेक्षण अनुसार देशभरी ४० हजार एचआईभी संक्रमित भएपनि नियमित रुपमा १३ देखि १४ हजार जनाले मात्र औषधी सेवन गर्ने गरेको बताइएको छ ।