पूर्वाञ्चल खबर
विराटनगर / सुनसरीको बर्जु गाउँपालिका ३ अमडुवाबाट पेस्तोल र लागुऔषधसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
विशेष सूचनाको आधारमा प्रदेश १ प्रहरी कार्यालय विराटनगरको अनुसन्धान समुह तथा ईलाका प्रहरी कार्यालय दुहवीबाट खटिएको प्रहरी टोलीले आज मोरङको सुन्दरहरैचा नगरपालिका ५ मगर टोल का २७ वर्षिय करणकुमार चौधरी र २१ वर्षिय प्रकाश चौधरीलाई पक्राउ गरेको हो ।
प्रहरीले उनीहरुको साथबाट मेड इन यूएसए लेखिएको पेस्तोल १ थान , सोही पेस्तोलको म्याग्जिन २ थान, गोली राउण्ड थान थान, लागु औषध फेनारगन ३५ एम्पुल, लुपिजेसिक ३५ एम्पुल, एभिल ३५ एम्पुल, डाईजेल्याव ३५ एम्पुल र लाइफ लाइन लेखिएको ५ एमएलको सिरिन्ज १ थान समेत बरामद गरेको छ ।
हतियार र लागुऔषधसहित पक्राउ परेका दुवैजनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रदेश १ प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।