पूर्वाञ्चल खबर
इटहरी / सुनसरीको इटहरीमा तेस्रोलिङ्गी र समलिङ्गीले खुला आकासमुनि ग्राहकसँग यौनधन्दा गर्दै गरेको अवस्थामा पक्राउ परेका छन् ।
यौनधन्दा गराएको आरोपमा इटहरी प्रहरीले तेस्रोलिंगीसहति तीन जनालाई नियन्त्रणमा लिएर कार्वाही चलाएको छ ।
बाटोमा हिँड्दै गरेका यात्रुहरूलाई यौनअफर गरेको आरोपमा उनीहरूलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी धर्मराज भण्डारीले बताए । मध्यरातसम्म इटहरी तथा आसपासमा यौनसम्पर्क गराउँदै हिँड्ने तीनजना तेस्रोलिङ्गीलाई प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी प्रवक्ता विनोद शर्माले यौनधन्दा गराउने तेस्रोलिङ्गीहरूलाई पक्राउ गरी कारबाही चलाएको बताए । इटहरी चौक हुँदै बालग्राम तथा आसपासको क्षेत्रमा यौनजन्य गतिविधि गर्न नदिन प्रहरीले विशेष अभियान थालेको छ ।
राति ९ बजेपछि तेस्रोलिङ्गीहरूले युवाहरूलाई बाटैमा बोलाउने र मुखमैथुन गराउने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।