पूर्वाञ्चल खबर
मोरङ कटहरी ७ को जनता माध्यमिक विद्यालयमा आज गरिएको स्वास्थ्य शिविरमा ७ सय ७५ जनाको स्वास्थ्य परिक्षण गरिएको हो । शिविरमा आँखा, दन्त तथा बाल रोग विशेषज्ञ डाक्टरहरुबाट स्वास्थ्य परिक्षण गरिएको थियो ।
कार्यक्रममा चस्मा तथा औषधी समेत वितरण गरीएको थियो । सनराइज बैंक लिमिटेड, प्रदेश १ का प्रदेश प्रमुख विवेक निरौलाले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत गरिएको कार्यक्रममार्फत कटहरीका बासिन्दा लाभान्वित भएको बताए । संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत देशका विभिन्न स्थानहरmमा स्वास्थ्य परिक्षण कार्यक्रम आयोजना गरिएको उनले बताए ।
कार्यक्रममा जनता माविका प्रधानाध्यापक रामनारायण विश्वासले स्वास्थ्य शिविरबाट धेरैले लाभ लिन पाएकोमा खुशी व्यक्त गरे । बंैकले असोज महिनालाई १२ औं वार्षिकोत्सवपूर्ण महिनाको रmपमा मनाउन विभिन्न १२ विधामा देशभर कार्यक्रमहरm गर्दै जाने जनाएको छ ।
सनराइज बैंक लिमिटेड, विराटनगर शाखाले हेल्दी नेपाल (हामी संग संगै) भन्ने नाराको साथ आर.के. चिल्ड्रेन हस्पिटल र विराट आँखा अस्पताल को प्राविधिक सहयोगमा शिविरको आयोजना गरेको प्रदेश प्रमुख निरौलाले बताए ।