RUMPUM
animated ellipse animated ellipse

मुलुकमा अब राजनीतिक लडाई समाप्त भएसँगै उत्पादनको लागि लडाई शुरु– मन्त्री बास्कोटा

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२ आश्विन २०७६, बिहीबार १६:४९
3
Shares

विराटनगर / लोकतन्त्र र प्रेसको जीवन्तता अनन्त रहेको सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बास्कोटाले बताएका छन् ।

आज पूर्वक्षेत्र विराटनगरबाट गोरखापत्र विराटनगर प्रकाशन शुभारम्भ र भवन उद्घाटन गर्दै मन्त्री बास्कोटाले मुलुकमा अब राजनीतिक लडाई समाप्त भएको र उत्पादनको लागि लडाई शुरु भएको बताए ।

लोकतन्त्र प्रणालीलाई राजनीतिक प्रणालीले स्थापित गरिसकेको छ भन्दै मन्त्री बास्कोटाले नयाँ नेपाल निर्माणका बहुआयामिक स्वरुप निर्माण गर्न सबै एकजुट भएर लाग्नु पर्ने कुरामा जोड दिए । उनले लोकतन्त्रको विकल्प लोकतन्त्र नै भएकाले अब अर्थतन्त्रका लागि अघि बढ्नु पर्ने समय आएको बताए । गोरखापत्र दैनिक सरकारको मुखपत्र नभएर राष्ट्र र जनताका मुखपत्र भएको चर्चा गर्दै मन्त्री बास्कोटाले लोकतन्त्र भएको देशमा नै प्रेस बाँच्न सकिने कुरामा जोड दिए ।

नेपालको पत्रकारिताको इतिहास गोरखापत्रबाट शुरु भएको प्रसङ्ग उल्लेख गर्दै मन्त्री बास्कोटाले विकासका दुई आयाम भौत्तिक र मानवीय विकास रहेको बताए । विकासको भोक चेतनाले जगाएको तर्क गर्दै मन्त्री बास्कोटाले भ्रष्टाचार गरेका अपराधी पक्राउ पर्नु राम्रो कुरा रहेको बताए । खहरेको आयु लामो नहुने भन्दै मन्त्री बास्कोटाले सरकारले उर्जाको विकास र सहरी संरचनामा लागि सकेको कुरामा जोड दिए ।

मन्त्री बास्कोटाले सरकारी जग्गा संरक्षित गर्न सकियो भने हाम्रा भावी पुस्ताका लागि अर्को संरचना बनाउन सजिलो हुने भन्दै गोरखापत्र पत्रिका मात्र नभएर भवन, मेशिन र रोजगार सिर्जना गर्ने स्थान भएकाले यसले गुणस्तरीय र अहिलेको बजारमा प्रतिस्पर्धा गर्न सकिने तथा पाठक वर्गले रुचाउने किसिमको हुनु पर्ने बताए । मन्त्री बास्कोटाले निकट भविष्यमा सुनसरीको इटहरीबाट नेपाल टेलिभिजनको क्षेत्रीय प्रशारन हुने जानकारी समेत दिए ।

प्रदेश १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीले नेपालको ज्येष्ठ राष्ट्रिय दैनिक गोरखापत्र नयाँ अध्यायबाट शुरु भएकोमा खुशी व्यक्त गर्दै संसार खुल्ला भएर नै प्रतिस्पर्धा बढेको र यसमा गोरखापत्रले पनि आफूलाई बदल्नु पर्ने सुझाव दिए । मन्त्री कार्कीले गोरखापत्रलाई श्रेष्ठकर एवं पठनीय बनाउन प्रतिस्पर्धामा आउनु सत्य, तथ्यमा आधारित समाचार सम्प्रेषण गर्नु पर्ने कुरामा जोड दिए । उनले मुलुकका सबै सरकारी सञ्चार माध्यम बलियो भएमा लोकतन्त्र पनि बलियो हुने तर्क समेत गरे ।

विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले १ सय १९ वर्ष पार गरिसकेको गोरखापत्र नयाँ ढङ्गले सत्य, तथ्यमा आधारित भएर आवाजविहीनहरुका आवाज बन्नु पर्ने शुभकामना दिए ।

गोरखापत्र सञ्चालक समितिका अध्यक्ष कृष्णमुरारी भण्डारीले सत्य तथ्य र विचारमा आधारित समाचारले हिंसा रोक्ने प्रसङ्ग उल्लेख गर्दै सञ्चार राज्यको स्नायु प्रणाली र दिमाग रहेको बताए । उनले आउने फागुन ७ गते कोहलपुरबाट समेत गोरखपत्र प्रकाशन हुने जानकारी दिए ।

गोरखापत्र १ सय १९ वर्ष पछि विराटनगरबाट प्रकाशन हुने पत्रिका प्रदेश नं.१ र २ का लागि हुने भनिएको छ भने मुलुकका विविध संस्कृतिले भरिएको हाम्रो मुलुकका ३८ जातजातिका भाषा पत्रिकार छाप्ने गरिएको छ । नेपाली भाषा, संस्कृति, साहित्य र कलाको दस्तावेज गोरखापत्रले मुना, युवामञ्च, मधुपर्क, द राईजिङ्ग नेपाल छाप्ने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर