पूर्वाञ्चल खबर
सोलुखुम्बु /सोलुखुम्बु भ्रमणमा आएका १ जना विदेशी नागरीकको मृत्यु भएको छ भने ७ जना बिरामी भएका छन ।
केन्याबाट नेपाल भ्रमणको लागि आएका वर्षिय गोन्दिलक्मल आइतबार माहाकुलुङ गाउँपालिका १ थाङ्नेस्थित मेरा गेष्ट हाउसमा बसेको अवस्थामा विरामी भई उनको मृत्यु भएको हो साथै सोही गेष्ट हाउसमा बसेका अन्य ७ जना पर्यटक समेत विरामी परेका छन् ।
मृतक र विरामी सातै जनासहित १ जना गाईडलाई रेस्क्युगरी आज कैलास र डाईनेस्टिक हेलीकप्टरद्वारा काठमाण्डौ लगिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।