RUMPUM
animated ellipse animated ellipse

कलेज प्रिन्सेस तथा प्रिन्सको तयारी

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२४ पुष २०७३, आईतवार १६:४८
3
Shares
प्रतियोगिताबारे जानकारी दिदै । तस्वीर-प्रेम देवान

२४ पुस, विराटनगर/ तेस्रो संस्करणको पूर्वाञ्चल कलेज प्रिन्सेस तथा प्रथम कलेज प्रिन्स हुने भएको छ ।

एडहोम एडभटाइजिङको आयोजनामा पुस २९ गतेदेिख पहिलो चरणको अडिसन सुरु हुने आज आईतबार विराटनगरमा पत्रकार सम्मेलन गरी जानकारी गराएको हो ।

कलेजमा अध्ययरत किशोरीहरुमा भएको प्रतिभा उजागर गर्नुको साथै उनीहरुमा भएको प्रतिभा प्रस्फुटन गर्ने उद्देश्यले आयोजना गरीएको प्रतियोगितामा १६ देखि २५ वर्ष उमेर समूहका किशोरीहरुले सहभागि हुन पाउने छन् भने कलेज प्रिन्समा किशोरहरुको सहभागि रहने निर्देशक तथा कोरीयोग्राफर साजिद आलमले जानकारी दिए ।

कलेज प्रिन्सेसको बिजेताले स्कुटर प्राप्त गर्नेछन्् भने कलेज प्रिन्सले नगद ५१ हजार रुपैयाँ प्राप्त गर्ने आयोजकलले जानाएको छ ।

यस प्रतियोगिता विभिन्न एवाडहरु समेत रहेको छ । कलेज प्रिन्सेसको फाइनल आगमी फागुन १९ गते विराटनगरमा हुन्छ भने कलेज प्रिन्सको फागुन अन्तिम साता हुने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर