AArya
RUMPUM
animated ellipse animated ellipse

प्याब्सन हिज्जेको उपाधि मदरल्याण्ड एकाडेमीलाई

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२७ भाद्र २०७६, शुक्रबार २०:४१
3
Shares

विराटनगर / जिल्ला स्तरीय प्याब्सन हिज्जे प्रतियोगिताको उपाधि विराटनगर – ४ जामुनगाछीमा रहेको मदर ल्याण्ड एकाडेमीले जितेको छ ।

विराटनगरमा आज भएको फाइनलमा ७ वटा निजी विद्यालयहरूलाई पछि पार्दै प्याब्सन हिज्जेको उपाधी मदरल्याण्डले जितेको हो । यस अघि प्याब्सनले आयोजना गरेको हिज्जे प्रतियोगितामा मदरल्याण्डले उपाधि जित्दै आएको छ ।

उक्त प्रतियोगिताको फस्ट रनरअप रङगेली स्थित न्यू स्टार बोर्डिङ स्कूल, सेकेण्ड रनरअप सुन्दरहरैचा नगरपालिकास्थित सुविजुमुर बोर्डिङ स्कूल भएको प्याब्सन मोरङको सचिब प्रेमलालसिंह सुवालले जानकारी दिए । उनका अनुसार सान्तवना दुई स्कूल भएको छ । सुन्दरहरैचा नपाको ज्ञान ज्योती सेकेण्डरी स्कूल र रङ्गेलीको भानु एकेडेमी भएको हो ।

जिल्ला स्तरीय हिज्जे प्रतियोगितामा मोरङ जिल्लाभरीका ४९ जना विद्यालयको १ सय ५० जना विद्यार्थीहरूले भाग लिएका थिए । विद्यार्थीहरूमा भएको प्रतिभा उजार गर्ने उद्देश्यले प्याब्सनले आयोजना गरिएको प्रतियागिताको नृत्य र गायनतर्फको फाइनल शनिबार विराटनगरस्थित वीरेन्द्र सभा गृहहलमा हुनेछ । सोही दिन हिज्जेका विजेतासहित अन्य स्पर्धाका विजेताहरूसँगै पुरस्कार तथा प्रमाणपत्र र ट्रफि वितरण गरिनेछ । हिज्जे प्रतियोगिताको कार्यक्रम संयोजक प्याब्सन मोरङको सहसचिब विष्णु डंगोल रहेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर