AArya
RUMPUM
animated ellipse animated ellipse

शिशुलाई बचाउन विराटनगरका मेयर पराजुलीले दिए रगत

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२७ भाद्र २०७६, शुक्रबार १८:४७
3
Shares

विराटनगर / विराटनगरस्थित नोबेल मेडिकल कलेजको एनआइसियूमा रहेका एक नवजात शिशुलाई रगत दिन विराटनगर महानगरपालिका मेयर भिम पराजुलीले रक्तदान गरेका छन् ।

ब्लाष्ट टाइम्स दैनिकको रजत महोत्सवको अवसर पारेर विराटनगरको ट्राफिक चौकमा आज आयोजना गरिएको रक्तदान कार्यक्रममा मेयर पराजुलीले रक्तदान गरेका हुन् ।

विराटनगरमा आज रक्तदान कार्यक्रमको प्रमुख अतिथि महानगरपालिको प्रमुख पराजुली गरेका थिए । उनले विराटनगरस्थित नोबेल मेडिकल कलेजको एनआइसियूमा रहेका २९ दिनको नवजात शिशिवुमा ताजा रगत आवश्यक परेपछि ब्लाष्टको रजत महोत्सवको अवसर पारेर आयोजना गरिएको पहिलो दिनको कार्यक्रममा रक्तदान गरेका हुन् ।

बी पोजेटिम रगत समूह रहेको प्रमुख पराजुलीको नवजात शिशुलाई पनि सोही समूहको फ्रेस ब्लड आवश्यक परेको चिकित्सलले बताएका थिए । नवजात शिशुका बुवा दुर्गाराज पौडेले एनआइयूमा रहेकी छोरीलाई फ्रेस बि पोजेटिभ रगत आवश्यक भएकोले रक्तदान स्थलमै आएका थिए । ‘ब्लाष्टको रजत महोत्सवको अवसरमा रक्तादन हुँदै गरेको जानकारी पाएर यहाँ आएको हो,’ नवजात शिशुका वुवा पौडेलले भने, ‘आए लगतै रगत पनि पाए । प्रक्रिया पुरा गरि अस्पताल रहेको छोरीलाई रगत पनि दिइसक्यौं ।’ मोरङको कानेपोखरी गाउँपालीका –६ घर भएका पौडेलले छोरीलाई स्वसप्रश्वासको समस्या भएर नोबेलको एनआइसियुमा राखेर उपचार गर्दै आएका छन् ।

विराटनगरमा आयोजना गरिएको रक्तदान कार्यक्रमबाट अन्य चार जना विरामीका आफन्तले फ्रेस रगत आवश्यक परेकाले कार्यस्थलबाट लगेका थिए ।
ब्लाष्टले विराटनगरमा आयोजना गरिएको रक्तदानमा ४७ प्रिन्ट रगत संकलन भएको कार्यक्रम संयोजक दिलिप घिमिरेले जानकारी दिए ।

कार्यक्रममा बोल्दै विराटनगर महानगरपालिका प्रमुख पराजुलीले ब्लाष्ट पत्रिकाले आफ्नो रजत महोत्सवमा कसैले पनि रगत नपाएर ज्यान जान नदिन सामाजिक काम गरेको बताए । उनले आगमी दिनमा पनि यस्तै सामाजिक काम गर्दै अगाडी बढुनपर्नेमा जोड दिए । उनले आवजविनको आवज बन्दै पत्रिका आगमी दिनमा पनि निष्पक्ष, निर्भिक ढङ्गनले अगाडी बढनुपर्ने बताए ।

कार्यक्रममा समाजबादी पार्टीको केन्द्रीय सदस्य तथा समाजसेवी तेजलाल कर्ण, मोरङ प्रहरीका डिएसपी घनश्याम श्रेष्ठ, सशस्त्र प्रहरीका डिएपी प्रदिपकुमार बस्नेत, मोरङ ट्राफिक प्रमुख शिवकुमार पोखरेल, मारवाडी युवा मञ्च विराटनगरका अध्यक्ष गोपाल अग्रवाललगायतको उपस्थीति रहेको थियो । ब्लाष्टका संचालक तथा कार्यक्रम संयोजक दिलिप घिमिरकोे अध्यक्षता विराटनगरमा कार्यक्रम भएको थियो । रक्तसंचार केन्द्रमा चरम रगत अभावलाई पूर्ती गर्ने र रगत नपाएर कसैको पनि ज्यान नजाहोस भनेर आयोजना गरिएको रक्तदान कार्यक्रममा जनप्रतिनिधीहरू, राजनैतिक दलका नेता, नेपाल प्रहरी, सशस्त्र प्रहरी, जनपथ, ट्राफिक प्रहरी, उद्योगी, व्यवसायी, पत्रकार र सर्वसाधरणले रक्तदान गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर