RUMPUM
animated ellipse animated ellipse

जगतगुरु श्री रामकृष्णाचार्य विराटनगरमा सम्मानित

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२६ भाद्र २०७६, बिहीबार २०:००
3
Shares

विराटनगर / श्री बैष्णव आचार्य परिषद साथै विभिन्न स्थानका पिठाधिस सम्मिलित आचार्यहरुले चतराधामका त्रीदण्डी अनन्त श्री विभूषित जगतगुरु रामानन्दचार्य श्री रामकृष्णाचार्यलाई सम्मान गरेका छन् ।

विराटनगर स्थित लक्ष्मिनारायण मन्दिर पाञ्चालीमा आज आयोजित कार्यक्रममा उनलाई सम्मान गरिएको हो । केही समय अगाडि कृष्णदासजी महाराज जगतगुरु विभुषित भए संगै प्रदेश १ का आचार्य तथा पिठाधिसहरुले उनलाई सम्मान गरेका हुन् । चतराधाममा रहेर धार्मिक तथा आयुर्बेदका ज्ञाता समेत रहनुभएका श्रीराम कृष्णाचार्यलाई धार्मिक उत्थान र सेवाभावको काम गरेको भन्दै सम्मान गरिएको हो ।

श्री १००८ केशव आचार्य स्वामीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा लक्ष्मिनारायण मन्दिर पाञ्चालीका पिठाधिस अच्युत प्रपञ्चाचार्य , लक्ष्मिनारायण मन्दिर पिपलचोकका पिठाधिस आचार्य रामानुज नेपाल ,माइधार भागवत आचार्य स्वामी ,गोविन्द आचार्य स्वामीलगायतको सहभागिता रहेको थियो । यस्तै पाञ्चाली मन्दिरमा प्रदेश १ स्तरिय बराह क्षेत्रीय आचार्य परिषदको तीन दिने विचार गोष्ठि समेत शुभारम्भ भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर