खबर पूर्वाञ्चल
निलम्बित महामन्त्री डा.मुकुल ढकाललाई पुरानै जिम्मेवारीमा फर्काउन पत्र लेखे पछि तिम्सिनालाई पार्टीको अनुशासन आयोगले जिम्मेवारीबाट निलम्बन गरेको हो ।
तिम्सिनाले निलम्बित महामन्त्री मुकुल ढकाललाई जिम्मेवारीमा फर्काउन माग गर्दै कार्यबहाक सभापति डीपी अर्याललाई पत्र लेखेका थिए । पत्र लेखेको र पार्टीको काममा सक्रिय नभएको भन्दै जिम्मेवारीबाट हटाएको हो ।
गत १७ पुसमा पूर्व महामन्त्री ढकाललाई जिम्मेवारीमा फर्काउन माग गर्दै तिम्सिनासहित मधेश प्रदेशका सभापति तपेश्वर यादवले कार्यवाहक सभापति डीपी अर्याललाई पत्र पठाएका थिए ।
पार्टी अनुशासन आयोगका संयोजक भरतमणि देवकोटाले तिम्सिनामाथि अनुसन्धान माग भएको र त्यसैका लागि निलम्बन गरिएको पत्र तिमिल्सिनालाई पठाएका हुन् ।