AArya
RUMPUM
animated ellipse animated ellipse

कोशी इट्टा व्यवसायी संघमा पुन : साह

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२६ भाद्र २०७६, बिहीबार १८:१२
3
Shares

विराटनगर / कोशी अञ्चल इट्टा उद्योग व्यवसायी संघ इटहरी सुनसरीको अध्यक्षमा पुन : महेन्द्रप्रसाद साह निर्वाचित भएका छन् ।

विराटनगरमा भएको संघको ९ औं वार्षिक साधारण सभाले साह सर्वसम्मत रुपमा अध्यक्षमा निर्वाचित भएका हुन् । यस अघि पनि साह इट्टा व्यवसायीहरुको हकहितमा क्रियाशिल भएर लागि परेका थिए ।

समितिको उपाध्यक्ष्ँमा विजयकुमार श्रेष्ठ, महासचिवमा राजनकुमार तिम्सिना, सचिवमा श्याम लुईटेल र कोषाध्यक्षमा लक्ष्मण राई छन् । समितिको अन्य सदस्यहरूमा मुरारी रेग्मी, शिवकुमार लिम्बु, रमेशकुमार भगत, रामभजन मेहता, धर्मेन्द्र श्रेष्ठ, महेन्द्र अग्रवाल, मुन्नाकुमार झा र लिलाराज पराजुली छन् । उनीहरू सबै सर्वसम्मत निर्वाचित भएका हुन् ।

सोही अवसरमा संघमा पूरानो इट्टा व्यवसायी धरानका बृखबहादुर श्रेष्ठसहित ९ जनालाई सम्मान गरेको छ । यसरी सम्मानित हुनेहरूमा इटहरीका चन्द्रबहादुर बस्नेत, जीवननाथ काफ्ले, हेमप्रसाद घिमिरे, शेखर लुईटेल मंगलबारेका तेजबहादुर थापा, विराटनगरका ऋषिमोहन रेग्मी, शिवरतन जोशी र लाइफ भिजन सामुदायिक पुनःस्थापना केन्द्र विराटनगरलाई गरेको छ । कोशी अञ्चल इट्टा संघमा ३३ जना व्यवसायीहरु आबद्ध छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर