AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

इट्टाको तौल घटाई गुणस्तरीय उत्पादन गर्न मन्त्री कार्कीको आग्रह

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२५ भाद्र २०७६, बुधबार १९:४८
3
Shares
विराटनगर / नेपालका इट्टा उद्योगीहरुले प्रत्येक हप्ता ३० करोड रकम ग्रामीण क्षेत्रका कामदारहरुलाई भुक्तानी गर्ने गरेको बताएका छन् ।

आज विराटनगरमा आयोजित कोशी अञ्चल इट्टा उद्योग व्यवसायी संघको ९ औ साधारण सभामा इट्टा उद्योगीहरुले बताएका हुन् ।

कोशी अञ्चल इट्टा उद्योग व्यवसायी संघको साधारण सभाको उद्घाटन गर्दै प्रदेश १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कील विदेशी कामदारलाई न्यूनिकरण गरी स्वदेशी कामदारलाई दक्ष वनाई रोजगार उपलव्ध गराउनु पर्ने बताएका छन् ।

मन्त्री कार्कीले ग्रामीण क्षेत्रमा गरीवी निवारणमा ठूलो भूमिका खेलका उद्यमीहरुले इट्टाको तौल घटाई गुणस्तरीय उत्पादन गर्नु पर्नेमा जोड दिए । पानी र असिनाबाट उद्योमीहरुलाई हुने क्षति न्यूनियनकरण गर्न कानूनू, व्यवस्थापकीयलगायतका अन्य सहयोग गर्न प्रदेश सरकार तयार रहेको मन्त्री कार्कीले बताए ।

प्रदेश सभा सदस्य जयराम यादवले उद्यमीले जनस्वास्थ्यमा क्षति नपु¥याउने स्वदशी तथा विदेशी उपकरण प्रयोग गर्न अनुदानलगायत भन्सार छुट उपलव्ध गराउन सहयोग गर्ने बताए ।

संघका अध्यक्ष महेन्द्रप्रसाद साह, महासचिव अरुण प्रधान,नेपाल पत्रकार महासंघ मोरङ अध्यक्ष बन्धु पोखरेललगायतले नेपाल इट्टामा आत्मनिर्भर रहेको जानकारी दिए ।

इट्टा उद्योगले नेपालको कूल ग्राहस्थ उत्पादनमा दुई प्रतिशत योगदान दिएको छ । नेपाल सरकारमा दर्ता भएका १ हजार चार सय र संघमा दर्ता भएका १ हजार इट्टा उद्योगहरु विभिन्न जिल्लामा सञ्चालनमा रहेका छन् । संघले आज सहमतीको आधारमा नेतृत्व चयन गर्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर