पूर्वाञ्चल खबर
विराटनगर / विराटनगरस्थित ग्रेडेड बोर्डिङ स्कूलले दुई दिने चेस प्रतियोगिता आयोजना गरेको छ । स्कूल परिसरमा आज चेस प्रतियोगिता आयोजना गरेको हो ।
सिनियरतर्फको प्रथम कक्षा दशका अनुराग पोद्धार, द्धितिय सुरज पौद्धार र तृतीय सुभम पौद्धार भएका छन् ।
प्रतियोगिताको निर्णायकमा विजयकुमार थापा रहेका थिए । स्कूलमा अध्ययरत विद्यार्थीहरूमा भएको प्रतिभा उजागर गर्ने उद्देश्यले चेस प्रतियोगिता आयोजना गरिएको स्कूलका प्रिन्सिपल प्रेमलालसिंह सुवालले जानकारी दिए । उक्त प्रतियोगितामा कक्षा ८ देखि १० सम्मका विद्यार्थीहरूले भाग लिएका थिए ।