RUMPUM
animated ellipse animated ellipse

अवैध रूपमा ल्याउदै गरेको गाई नियन्त्रणमा

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१६ भाद्र २०७६, सोमबार १६:३९
3
Shares

विराटनगर / प्रहरीले मोरङ रङ्गेली नगरपालिका –३ पिपल चोकस्थित दोहमनाबाट कर्सियातर्फ अवैध रूपमा ल्याउदै गरेको १० वटा गाई नियन्त्रणमा लिएको छ ।

अस्थायी प्रहरी चौकी बेतौनाबाट खटिएको प्रहरी गस्ती टोलीले गाई फेला पारी नियन्त्रणमा लिएको हो ।

त्यस्तै सोमबारनै प्रहरीले विराटनगर महानगरपालिका– १२ स्थित भित्री सडक खण्डमा प्रहरी चौकी बखरीबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा अवैध किरानाको सामान बरामद गरेको छ ।

सार्वजनिक अटोमा भारतबाट नेपालतर्फ अवैध रूपमा ल्याउदै गरेको अन्दाजी ७० हजार बराबरको किराना मालसामानहरू बरामद गरी आवश्यक कारवाहीको विराटनगर भन्सार कार्यालयमा ु बुझाईएको प्रहरीले जनाएको छ । सोही दिन प्रहरीले भारतबाट भन्सार छली चोरी पैठारी गरी ल्याउदै गरेको अन्दाजी ५० हजार बराबरको लत्ताकपडा फेला पारी आवश्यक कारवाहीको लागि भन्सार कार्यालय बुझाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर