पूर्वाञ्चल खबर
आज विराटनगरमा बैंकले आयोजित गरेको पत्रकार सम्मेलनमा कुनै अन्य शुल्क नदिई एक लाखको बचत खाता खोल्ने ग्राहकले दुर्घटनावाट मृत्यु वा पूर्ण अशक्तता भएमा एक करोड रकमको वीमा भुक्तानी गरिने जानकारी दिएको छ ।
यसैगरी उक्त वचतमा दम्पत्तिका लागि ३५ घातक रोगका लागि ३० लाख र परिवारका लागि १ लाख ५० हजार औषधि उपचार सेवा उपलव्ध गराउने वैंकका प्रदेश प्रमुख दिपक थापाले जानकारी दिए । यसैगरी बैंककले २५ हजार गोल्डेन बचतमा ८० लाख तथा एक हजारको सिल्भर बचतमा ६० लाख विमा योजना रहेको जनाएको छ ।
वैंककले आजदेखि सञ्चालनमा ल्याएको सुपर चमत्कारित विभिन्न बचत खाताहरुमा ३० विभिन्न विशेषतायुक्त योजना रहेको जनाएको छ । यसैगरी उक्त वचत खाता अन्तर्गत कुनै पनि बैंकवाट निःशुल्क एटिम रकम निकाल्ने सुविधा, कर्जामा छुट,घर वैंकिङ्ग, निःशुल्क डिम्याट, निःशुल्क ई–कर्मस एक्टिभसन, निःशुल्क लकर सुविधा,अनलाईन मुद्दती खाता सुविधा, निःशुल्क क्रेडिट कार्ड आदि सुविधा रहेकोे बैंकका प्रदेश उपप्रमुख विष्णुप्रसाद आर्चायले जानकारी दिए ।
यस नयाँ खाता सार्वजनिकवाट १ लाख नयाँ ग्राहक थप हुने विश्वास बैंकले गरेको छ । बैंकले नेपाल सरकारलाई प्रत्यक्ष र अप्रत्यक्ष गरी ३ अर्व १५ करोड राजश्व भुक्तानी गरिसकेको वैंकका प्रमुख सूचना अधिकारी एवम् नायव प्रमुख कार्यकारी अधिकृत सुधिरनाथ पाण्डेद्वारा हस्ताक्षरित विज्ञप्तिमा जनाइएको छ ।
देशभर २ सय ९७ शाखा रहेको वैंकको प्रदेशका १४ जिल्लामा ५५ शाखा रहेको जनाएको छ ।