रंगेली नगरपालिका वडा– ७ को मतगणनाको क्रममा ९९ मत बढी फेला परेको भन्दै नेपाली कांग्रेसले प्रदर्शन गरेपछि अहिले गणना रोकिएको हो ।
रंगेली नगरपालिका मेयरका कांग्रेसका उम्मेदवार मोदराज घिमिरेका अनुसार वडा नम्बर ७ मा ३४४२ मत खसेको थियो । तर गणनाका क्रममा ९९ वटा मतपत्र बढी भेटिएपछि मतगणना रोकिएको उनले बताए । ‘९९ वटा मतपत्र बढी भेटिनु निर्वाचन धाधली भएको छ,’ उनले भने, ‘मत गणना स्थगित गरेर रंगेलीमा पुनः निष्पक्ष र स्वतन्त्र निर्वाचन गराउनु पर्दछ ।’ अहिले निर्वाचनमा बहिस्कार गर्ने उनले बताए ।
रंगेली नगरपालिकाका निर्वाचन अधिकृत रामहरि शर्माका अनुसार शुक्रबार विहानदेखि रोकिएको मतगणना अहिलेसम्म सुरू हुन नसकेको बताए । मतगणना सुरु गर्न सहमति गरेपनि अहिलेसम्म सहमति हुन नसेको उनले बताए । सबै दलको सहमतिमा मत गणना सुरु गर्ने पक्षमा निर्वाचन कार्यालय रहेको उनले बताए । ‘७ वडामा मा १० मतपेटिका रहेको छ । १०८ मत बढी आयो काँग्रेस प्रतिनिधीहरुको गुनासो रहेको थियो । कम्प्युटरमा इन्टी गर्दा १ सय सिट डबल इन्टी भएको रहेछ । त्यसलाई हामीलाई सच्याएको छौं,’ उनले भने, ‘यस विषयमा हामीले दलका प्रतिनिधीहरुलाई पनि बुझाइसकेका छौं । तर, उहाँहरु अहिलेसम्म गणना स्थलमा आउनुभएको छैन ।’ सहमति नभए निर्वाचन आयोगको निर्देशन अनुसार गणना प्रक्रिया अगाडी बढाउने उनले बताए ।
प्रमुख निर्वाचन अधिकारीको तीन सदस्य टोली रंगेलीमा
गणना रोकिएको १२ घण्टा बितिसक्दा पनि रंगेली नगरपालिकाको मतगणना सुरु नभएपछि गणनास्थलमा प्रदेश निर्वाचन कार्यालय विराटनगरका प्रमुख निर्वाचन अधिकारी काश्यव अधिकारीकोसहित तीन सदस्य टोली यहाँ आइपुगेका छन् । निर्वाचन अधिकारीको टोली शुक्रबार विहान रंगेलीस्थित मतगणना स्थल जनता क्याम्पसमा आइपुगेका हुन् ।
‘मत गणना रोकिएपछि मतगणनाको सहजिकरणको लागि प्रमुख निर्वाचन अधिकारीसहितको टोली यहाँ आइपुग्नुभएको छ,’ निर्वाचन अधिकृत शर्माले भने, ‘गणनामा सबै सहभागिता जनाउन अहिले सहमति भइरहेको छ ।’
रंगेली नगरपालिकाको १, २,३, ४ र ५ वडाको मतगणना सम्पन्न भएको छ । गणना सम्पन्न भएको पाँच वटै वडाअध्यक्षमा एमाले विजयी भएका छन् । ६, ७, ८ र ९ वडाको गणना हुन बाँकी रहेको छ । ७ नं वडा गणना गर्दा विवाद भएपछि अहिले रोकिएको हो । रंगेलीमा २७ हजार २ सय ७० मत खसेको छ । रंगेलीमा एमालले उम्मेदवार दिलिपकुमार अग्रवालले मेयरमा अग्रता लिएका छन् । उनले ७ हजार ३ सय ८५ मत ल्याएर अग्रता कायम गरेका छन् भने काँग्रेसका उम्मेदवार मोदराज घिमिरेले ५ हजार ७८ मत ल्याएर पछि परेका छन् ।
मत गणना सुरु गर्न एमालेको माग
नेकपा एमालेबाट मेयरका उमेदवार दीलिप बगडियाले आफूहरूको एकमात्र माग मतगणना शुरु गर्नुपर्ने रहेको बताएका छन् । उनले गठबन्धनका उम्मेदवारले हार्ने भएपछि बखेडा झिकेको आरोप लगाए । उनले गठबन्धनले पुनः निर्वाचन गराउनु पर्ने भन्दैे विरोध गरेको बताउँदै उनले भने, ‘के नयाँ निर्वाचन गर भन्नु भनेको हरुवा मानसिकता होइन ?’
बगडियाले रंगेली नगरपालिकाको वडा नम्बर १, २ र ३ को मतपेटिका खोलेर गणना भइरहेको अवस्थामा गठबन्धनको पकड बलियो भएको क्षेत्रमै कमजोर देखिएकोले मतगणना हुन नदिने षडयन्त्र भएको दाबी गरे ।
तपाईको प्रतिक्रिया