AArya
RUMPUM
animated ellipse animated ellipse

बैठक बसेको होइन : सञ्चार मन्त्री बास्कोटा

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१२ भाद्र २०७६, बिहीबार २१:२५
3
Shares
कोठठमाण्डौं / सरकारका प्रवक्ता, सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले प्रधानमन्त्री केपी शर्मा ओली सिंगापुरमा उपचारमा रहेका बेला भिडियो कन्फेरेन्स मार्फत मन्त्रिपरिषद् बैठक नबसेको दाबी गरेका छन् ।

आज संसदबाट सार्वजनिक महत्वको वक्तत्य दिने क्रममा सरकारका प्रवक्तासमेत रहेका मन्त्री बास्कोटाले त्यस दिन मन्त्री परिषद् बैठक नबसेको, कुनै पनि एजेन्डा प्रस्तुत पनि नभएको र पारित पनि नभएको दाबी गरे । उताबाट प्रधानमन्त्रीले हेल्लो मात्रै भनेर र यताबाटआफुहरुले नमस्कार फर्काएर सामान्य भलाकुसारी भएको मन्त्री बास्कोटाको दाबी थियो । तर प्रधानमन्त्री केपीशर्मा ओलीले सामाजिक सञ्जाल ट्वीटरमार्फत् टेलिप्रिजेन्समार्फत् मन्त्रिपरिषद बैठक बसेर सम्पन्न भएको जानकारी दिएका थिए ।

प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमालले पनिमन्त्रिपरिषद् बैठकबारे जानकारी दिएका थिए । यस बिषयलाइ लिएर संसदबाटै काँग्रेसले जवाफमाग गरेपछि सञ्चारमन्त्रीले आज जवाफ दिएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर