पूर्वाञ्चल खबर
लायन्स क्लब अफ विराटनगर एलिटले विद्यालयमा अध्ययनरत विद्यार्थी र उनीहरुका अभिभावकलाई लक्षित गर्दै जनचेतनामुलक कार्यक्रम गरेको हो ।
कार्यक्रममा वरिष्ठ चिकित्सक डा. सुलभ सापकोटाले मुलुकका धेरै जनता क्यान्सर रोग र त्यसबाट बच्न सकिने उपायका विषयमा जानकार नहुँदा त्यसैले मृत्युको मुखमा पुगिरहनुपरेको बताए । उनले रोगले जुनसुकै समुदाय र जस्तोसुकै व्यक्तिलाई पनि नछाड्ने भएकाले क्यान्सर रोगबारे सवैलाई जानकारि हुनुपर्ने बताए ।
उनले विद्यार्थीहरुलाई समाजमा क्यान्सर रोगको असर, त्यसबाट बच्न अपनाउनुपर्ने सावधानी, उपचार पद्धति र उपचारका विषयमा विद्यार्थीहरुलाई जानकारी गराएका थिए ।
कार्यक्रममा लायन्य क्लअ अफ इन्टरनेशनल ३२५ ए वानका पूर्व डिस्ट्रिक्ट गभर्नर लिला ढुंगेलले निस्वार्थ भावनाले सामाजिक कार्य गर्ने लायन्स क्लब विश्वमै सवैभन्दा ठुलो संस्था भएको बताउँदै नेपालमा पनि देश व्यापी रुपमा सामाजिक कार्यहरु गरिँदै आएको बताए । उनले आर्थिक समस्याबाट पिडित परिवारका सदस्यहरु आर्थिक अवस्थाकै कारण उपचार सेवा लिनबाट बञ्चित हुँदै आउनु परेको बताउँदै गाउँमै निशुल्क उपचारसेवा गराउन लायन्स क्लबले दुरदराजका क्षेत्रहरुमा पनि पुगेर स्वास्थ्य शिविरहरु आयोजना गर्दै आएको बताए । उनले क्यानसर समाजका लागि जटिल र महंगो रोग भएकाले त्यसबाट बच्च कार्यक्रममा सिकेका कुरा अभिभावकहरुलाई जानकारी गराउन आग्रह गरे ।
गोग्राह उच्च माध्यामिक विद्यालयका प्रधानाध्यापक टंकप्रसाद सिटौलाले निरन्तर सामाजिक कार्य गर्दै आएको लायन्स क्लब अफ विराटनगर एलिटले रोगबारे विद्यार्थी सचेत हुनुनै सिंगो परिवार र समाज सचेत हुने दावी गरे । कार्यक्रममा लायन्स क्लब अफ विराटनगर एलिटकि अध्यक्ष सोविका पाण्डेले कार्यक्रमा सहभागि विद्यार्थीलाई क्यान्सर रोगका विषयमा घरमा गएर अभिभावकहरुलाई जानकारी गराउन आग्रह गरिन् ।
कार्यक्रममा कक्षा ९ र १० मा अध्ययनरत करिब ६० जना विद्यार्थीहरुको सहभागिता रहेको थियो ।