AArya
RUMPUM
animated ellipse animated ellipse

विराटनगरमा जारी ६५ दिने सहायक व्यूटिसियन तालिम सम्पन्न

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

९ भाद्र २०७६, सोमबार २०:४७
3
Shares
विराटनगर / ग्रामिण उद्यम तथा विप्रेषण आयोजना समृद्धिको आर्थिक सहयोग तथा जिभ करियर ईन्ष्टिच्युट प्राली जेसिआई नेपालकोको आयोजनामा सहायक व्यूष्टिसियन तालिम सम्पन्न भएको छ ।

गत जेठ १६ गतेबाट सञ्चालित सहायक व्यूटिसियन तालिमको आज औपचारिक रुपमा समापन भएको छ । विशेष गरी वेरोगार महिलाहरुलाई सिप विकास सम्बन्धी ६५ दिने व्यूटिसियन सम्बन्धी तालिम प्रदान गरिएको थियो । उनीहरुलाई व्यूटि पार्लर सम्बन्धी जानकारी तथा व्यूटिसियनका वेसिक तालिमका बारेमा जानकारी गराइएको थियो ।

तामिलमा सहभागी ४० जनालाई कार्यक्रमका प्रमुख अतिथी विराटनगर महानगरपालीका वडा नम्बर ९ का वडा अध्यक्ष विश्वनाथ भगत, जिभ क्यारियर ईन्ष्टच्युटका शिशिर लामाले तालिमा सहभागीहरुलाई प्रमाण पत्र वितरण गरेका थिए । ६५ दिने तालिमको मुख्य प्रशिक्षण सायदा तवस्सुमले गरेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर