पूर्वाञ्चल खबर
आजदेखि सुरु भएको एईईको पुरक परीक्षामा गणित विषयको परीक्षा दिने क्रममा सुनवर्सी नगरपालिका– ८ को २१ वर्षिय मुन्ना मण्डल पक्राउ परको हुन् ।
सिम्बल नम्बर ०८१३४३६‘जेढ’ को कुमोदप्रसाद गनगाईको अनिबार्य गणित बिषयको परीक्षा मण्डलले दिएका थिए । परीक्षा दिईरहेको अवस्थामा सोहि केन्द्रमा खटिएका गार्डले आज १२ बजेको समयमा फेला पारी उनलाई नियन्त्रणमा लिएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी राजकुमार खिउँजुले जानकारी दिए ।
नियन्त्रणमा लिईएका मण्डललाई ईलाका प्रहरी कार्यालय रंगेलीमा ल्याई राखीएको प्रहरीले जनाएको छ ।