पूर्वाञ्चल खबर
वन व्यवस्थापन समूहले मोरङको सुन्दरहैरचास्थित गछियामा एक कार्यक्रम आयोजना गरि विद्यार्थीहरूलाई पुरस्कृत गरेको हो । वन व्यवस्थापन समूहले मोरङको सुन्दरहरैचा नगरपालिका र बुढीगंगा गाउँपालिकामा रहेको सामुदायिक विद्यालयबाट एइइ उत्तिर्ण गरेका १४ जना विद्यार्थीहरूलाई जनही ३ हजार रुपैयाँ र कदर पत्रले सम्मान गरेको थियो । सम्मानि हुने विद्यार्थीहरूलाई लाटिझोडा साझेदारी वन व्यवस्थापन समूहका कार्यभाव संयोजन निरा पोखरेल र सव डिभिजन तथा लाटिझोडा साझेदारी वन व्यवस्थापन समूहको सदस्य सचिब विक्रम आमात्यले सम्मान पत्र र नगद प्रदान गरेका थिए ।
सोही अवसरमा नेपाल पत्रकार मन्च मोरङले वैज्ञानि वन व्यवस्थापनको उपलब्धीहरुको विषयमा अन्र्तक्रिया कार्यक्रम आयोजना ग¥यो । उक्त कार्यक्रममा आमात्यले वैज्ञान वनको उपलब्धी र वैज्ञानि वन बारेमा सहभागिहरुलाई जानकारी गराएका थिए ।