AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

एमालेले शक्ति प्रर्दशनले राजनीतिक गतिरोध अन्त्य नहुने -अध्यक्ष यादब

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२२ पुष २०७३, शुक्रबार १४:२३
3
Shares
फाइल तस्वीर
२२ पुस, विराटनगर / संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले एमालेले शक्ति प्रर्दशन गरेर मुलुकलाई मुठभेडतर्फ डोर्याएको आरोप लगाए ।

आज बिराटनगरमा स्थानिय पत्रकारसँग कुरा गर्दै संघीय गठबन्धनका संयोजक समेत रहेका यादवले एमालेको शक्ति प्रदर्शन बेमौसमी बाजा जस्तो रहेकोे बताए ।
‘संविधान संशोधनको विरोधका नाममा एमालेले जुन गतिविधि गर्दैछ त्यसले मुलुक मुठभेड तर्फ तानिँदै छ’ यादवले भने ।
एमालेको शक्ति प्रर्दशनले जारी राजनीतिक गतिरोध अन्त्य नहुने अध्यक्ष यादबले वताए ।

उनले संविधान संशोधन बिना चुनाव भए आफुहरुलाई मान्य नहुने बताएका छन् । ‘पहिला संविधान संशोधन गरी मधेसी जनताको अधिकार संविधानमा ग्यारेन्टी गरिनुपर्छ अनिमात्र निर्वाचनमा जाने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर