२२ पुस, विराटनगर/ बिराटनगर– १४ मा रहेको एम्स कलेजमा अध्ययनरत विद्यार्थीहरुको बिभिन्न समुह बनाइएको छ ।
विद्यार्थीहरुको मुन्नत विकासका लागि तथा पढ्दा पढ्दै नेतृत्व गर्ने सिकाई होस् भन्ने अभिप्रायका साथ उक्त कार्यक्रम अगाडी ल्याइएको कलेजका क्याम्प्स प्रमुख चिन्तामणी बस्नेतले बताएको छ ।
बिद्यार्थीहरु माझबाट ५ बटा सदनहरु बनाई सो सदनका अध्यक्षहरु पदेन सदस्य हुने गरि विद्यार्थी क्लब गठन गरेर विद्यार्थी केन्द्रित बनि कलेज सञ्चालन गर्ने, कलेजको सँस्कारलाई निरन्तरता दिदै यस पटक निवर्तमान अध्यक्षहरुलाई विदाई गरि नयाँ नेतृत्व चयन गरेको हो ।
शैक्षिक सत्र २०७२ –७३ का अध्यक्षहरु क्रमशः प्रियंका गुप्ता, करिश्मा सिहं, एञ्जिला ढुंगेल, प्रदिप चम्लागाई र रितिक साहले नयाँ नेतृत्व बहन गर्ने समिक्षा राउत, सुलभ पोख्रेल, विमला राय, शिव शंकर साह र आयुष भट्टराईलाई आ–आफ्नो सदनको झण्डा हस्तान्तरण गरेर कार्यभार सुम्पिएका छन् ।
कार्यक्रममा कलेजका अध्यक्ष तुलसीप्रसाद पाखरेलले नव निर्वाचित विद्यार्थी अध्यक्षहरुको पदस्थापना गरेका थिए भने कलेज प्रमुख बस्नेतले शपथ ख्वाएका छन् । प्रत्येक बर्ष नयाँ नेतृत्व चयन गरेर विद्यार्थीहरुलाई नेतृत्व गर्ने कलाको विकाश गराउने उद्देश्य कलेजले लिएको छ ।
यि विद्यार्थीका सदनहरुले आ–आफ्नो कार्यकालमा सामाजीक तथा शैक्षिक कार्यक्रमहरु गर्नुपर्ने प्रमुख बस्नेतले बताए । यसो गर्दा विद्यार्थीहरुले कलेज रहदा धेरै कुरा सिक्न पाउने र अनुशासित बन्ने कुरालाई जोड दिदै अध्यक्ष पोखरेले कार्यक्रमको अन्त्य गरेका थिए ।