पूर्वाञ्चल खबर
आज विराटनगरमा उक्त कार्यालयको उद्घाटन इमानका केन्द्रीय सल्लाहकार खगेन्द्र कट्टेलले गरेका हुन । विराटनगर ९ नमस्कार होटलको पश्चिमपट्टी कार्यालय रहेको बरिष्ठ उपाध्यक्ष माधब खतिवडाले बताए ।
देश भरी बजार ब्यबस्थापनमा कार्यरत ३२५ जना ब्यबस्थापकहरु संगठनमा आवद्ध रहेको खतिवडाले जानकारी दिए । नयाँ कार्यालयमा बसेको केन्द्रीय कमिटीको बैठकले आगामी भाद्र १० गते चितवनमा संगठनको केन्द्रीय साधारण सभा गर्ने, देश भरीका शैक्षिक संस्थाहरुलाई समेटेर शैक्षिक कृयाकलाप संचालन गर्ने निर्णय गरेको संस्थाका अध्यक्ष नरेन्द्र केसीले जानकारी दिए ।