पूर्वाञ्चल खबर
होटल, लज तथा गेष्टहाउसमा आकस्मिक चेकजाँच गर्ने क्रममा शंकास्पद रूपमा बसेका उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
विराटनगरका विभिन्न होटल, लज तथा गेष्टहाउसहरूको जिल्ला प्रहरी कार्यालय मोरङबाट गएको टोलीले आकस्मिक चेकजाँच गर्ने क्रममा २७ महिला र २९ पुरूषलाई नियन्त्रणमा लिएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी राजकुमार खिउँजुल जानकारी दिए । पक्राउ गरिएका उनीहरुलाई जिल्ला प्रहरी कार्यालय मोरङमा राखेर आवश्यक अनुसन्धान भईरहेको डिएसपी खिउँजुले बताए ।