AArya
RUMPUM
animated ellipse animated ellipse

शनिबार विराटनगरमा गाईजात्रा विशेष हुने

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

३१ श्रावण २०७६, शुक्रबार १५:४४
3
Shares
विराटनगर / विराटनगर जेसिज तथा ब्राण्डवर्थ प्रालिको आयोजनामा विराटनगरमा गाईजात्रा विशेष कार्यक्रम हुने भएकोछ ।

कलाकारहरुले विभिन्न बिषयमा ब्याङ्ग्यात्मक कार्यक्रम सहितको गाईजात्रा विशेष कार्यक्रम विराटनगरमा पनि हुन लागेको विराटनगर जेसिजका अध्यक्ष सेवक बजगाईले जानकारी दिए ।

अध्यक्ष बजगाईका अनुसार शनिबार साँझमा विराटनगरको सभागृहमा हुने गाईजात्रामा मनोज गजुरेल, शैलेन्द्र सिम्खडा, सुरेन्द्र केसी(मुलाको साग), रवि डङ्गोल(वैइमान), शिवशङ्कर रिजाल –जोगिन्दर पानवाला) सुवोद गौतम(एकदुम्मै सँगै), काउली बुढीलगायतका कलाकारको प्रस्तुति रहने बताए । कार्यक्रममा चर्चित हास्य कलाकार मनोज गजुरेलले गाईजात्रा सिङ्गो देशको पर्व भएकाले देशभर लैजाने प्रयास गरिएको बताए ।

अध्यक्ष बजगाईंले विराटनगरमा गरिने कार्यक्रममा ४ लाख रुपैयाँ खर्च हुने र यसको व्यवस्थापन टिकट विक्री र विज्ञापनबाट गरिने जनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर