AArya
RUMPUM
animated ellipse animated ellipse

विर्तामोड नगरपालिकाको संयुक्त वडा कार्यालयमा बम विस्फोट

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२७ श्रावण २०७६, सोमबार ०८:५३
3
Shares
विर्तामोड / झापाको विर्तामोड नगरपालिका वडा नम्बर ७, ८ र ९ को संयुक्त कार्यालयमा बम विष्फोट भएको छ ।

विर्तामोड–९ स्थित साबिक गरामनी गाविस भवनमा सञ्चालित तीनवटै वडाको कार्यालय रहेको संयुक्त वडा कार्यालय भवन बाहिर आज बिहान साढे चार बजे प्रेसर कुकर बम विस्फोट भएको झापा प्रहरीले जनाएको छ ।
विष्फोटबाट वडा कार्यालयमा सामान्य क्षति पुगेको छ । कार्यालय भवनको भित्ता, ६ वटा झ्याल, कोठाभित्र रहेका फर्निचरका सामानमा क्षति पुगेको झापा प्रहरीले जनाएको छ । चारआलीस्थित नेपाली सेनाको ब्यारेकबाट बम डिस्पोजल टोली घटनास्थल पुगेर अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय झापा प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।
बम विष्फोट कसले गरायो भन्ने नखुलेको झापा प्रहरीले जनाए पनि वडा कार्यालयहरुमा विप्लव समूहले लक्षित गर्दै आगजनी र विष्फोट गराउँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर