AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

स्थानीय निर्वाचन गरेर मात्र संविधान संशोधन गरौं- महामन्त्री कोइराला

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२१ पुष २०७३, बिहीबार १३:२९
3
Shares
२१ पुस, विराटनगर / नेपाली कांग्रेसका महामन्त्री डा शशांक कोइरालाले स्थानीय निकायको निर्वाचन गरेर मात्र संविधान संसोधन प्रकृयामा जानुपर्ने वताए ।
मुलुकमा जारी राजनीतिक गतिरोध अन्त्य गर्न दलहरु स्थानीय निकायको निर्वाचनका लागि तयार हुनुपर्ने उनको भनाई थियो ।
विराटनगरमा आज बिहान नेपाल प्रेस युनियन मोरङले गरेको पत्रकार सम्मेलनमा महामन्त्री कोइरालाले यस्तो बताएका हुन् । उनले वर्तमान चुनौती नै निर्वाचन गराउनु भएकाले सवै दलहरुको सहमतिमा स्थानिय निकायको निर्वाचनमा जानु पर्ने बताए ।
स्थानिय निकायको निर्वाचन भए परिस्थती फरक हुने भएकाले गतिरोध समेत समान्य बन्ने उनको धारणा रहेको थियो । महामन्त्री कोइरालाले स्थानिय निकायको निर्वाचन गरे पछि सिमाकन हेरफेर गरेर तहगत रुपमा प्रादेशिक निर्वाचनमा जानुपर्ने बताए ।
अर्को प्रशंगमा कांग्रेस महामन्त्री कोइरालाले ८४ प्रतिशत हिन्दु धर्मालम्वी रहेको मुलकमा हिन्दू राष्ट्र वनाउने विषयमा कुरा उठ्नु स्वाभाविक रहेको बताए । उनले तीन तहको निर्वाचन सम्पन्न गरेर धर्म्निरपेक्षताका विषयलाई जमतसंग्रहवाट टुंग्याउन सकिने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर