RUMPUM
animated ellipse animated ellipse

पौडी खेल्ने क्रममा २ बालकको मृत्यू

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१२ श्रावण २०७६, आईतवार १८:०७
3
Shares

विराटनगर / पौडी खेल्ने क्रममा विराटनगरस्थित बुढी खोलाले बगाएको एक बालकलाई आइतबार बिहान मृतक अवस्थामा फेला परेका छन् ।

रामेछाप घर भई बिराटनगर महानगरपालिका ७ बस्दै आएका १५ बर्षिय रमेशगुरुङ साथीहरूसँगै पौडी खेल्ने क्रममा बुढी खोलाले शनिबार दिउँसो २ बजे बगाएको थियो । खोलाले बगाई बेपता भएको भनि स्थानियले वडा प्रहरी कार्यालय बिराटनगरमा जानकारी गराएका थिए । घटनाको जानकारी पाउनसाथ स्थानियको सहयोगमा खोजतलास गर्ने क्रममा जहदा भातीगञ्ज स्थित सोही खोलाको किनारमा गुरुङको लाश फेला परेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

त्यस्तै तेह्रथुम छथर गाउँपालिका –३ पन्चकन्या बस्ने १० बर्षिय बादल बि.क. को पोखरीमा डुबेर मृत्यु भएको छ । शनिबार अपरान्ह सँबा ५ बजे घर नजिकैरहेको सार्बजनिक पोखरीमापौडी खेल्ने क्रममा डुबेर बि.क.को मृत्यु भएको भनि स्थानीयले राती पउने ९ बजे प्रहरी चौकी शुक्रबारेमा जानकारी गराएका थिए ।

घटनाको जानकारी पाउनसाथ प्रहरी टोली खटि गई घटनास्थलको कानुनी प्रकृया पुरा गरी अन्य थप अनुसन्धान भईरहेको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर