RUMPUM
animated ellipse animated ellipse

प्याब्सन आँगनको फाइनलमा २० जना छनौट

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

११ श्रावण २०७६, शनिबार १७:२३
3
Shares

विराटनगर / प्याब्सन आँगनको फाइनलमा २० जना प्रतियोगिहरू छनौट भएका छन् ।

विराटनगरको सगरमाथा स्कूलमा आज भएको सेमिफाइनलबाट गायनमा १० र नृत्यमा १० गरि २० जना छनौट भएका हुन् । साउन २४ गते हुने फाइनलमा गायनतर्फ विराटनगरस्थित सप्तकोशी स्कूलकी प्राप्ती भट्टराई, एभेरष्ट स्कूली सिविस्मा काफ्ले, गौतम बुद्धकी नेहारीका खनाल, जेसी बाल सदनका प्रज्ञान शर्मा, सगरमाथा स्कूलका अनुभव तिम्सिना, सारदा स्कूल झोराहाटकी सुनिता सरदार, मदरल्याण्ड एकाडेमीका नविन पौडल, डिएभी स्कूलका चुली सिंह, सनसाइन स्कूलकी सइमा भूजेल र पूर्वाञ्चल विद्या सदनका अनुराग प्रधान छनौट भएको प्याब्सन विराटनगरका सचिब अर्जुन श्रेष्ठले जानकारी दिए ।

त्यस्तै नृत्यतर्m फाइनलमा सगरमाथा स्कूलका निसान राई, विकेभिएमकी सपृति दाहाल, डिएभीका पिरान्सु शर्मा, सिद्धार्थ सिशुसदनकी सोनीका ढकाल, एजेलिया स्कूलकी इशान त्रिपाली, एभरेष्टकी मानीष खनाल, खुशी बज्रचार्य, जेवियर्स बुढीगंगाका चिना थापा, गौतमबुद्धका लावान सुब्बा, मार्टसका पिक्षा सुब्बा छन् ।

फाइनलमा पुगेका प्रतियोगिहरूका लागि प्रशिक्षण आउँदो शुक्रबारदेखि हुनेछ । ‘सधैको लागि, सवैको लागि, राष्ट्रको शिक्षा, कलाको लागि, प्याब्सन आँगन, प्याब्सन विराटनगर’ मुल नाराको साथ प्याब्सन विराटनगरले उक्त प्रतियोगिता आयोजना गरेको हो ।

विद्यालयहरूमा अध्ययरत विद्यार्थीहरूको अन्तर निहित कलाकारिताको दक्षतालाई अभिवृद्धी गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगितामा कक्षा १० सम्म अध्ययरत विद्यार्थीहरूले यो प्रतियोगितामा भाग लिएका छन् । तीन चरणको अडिसन राउण्ड पुरा गरेपछि प्रतियोगि फाइनलमा पुगेका छन् । दुवै विधातर्फको सेमिफाइनलसम्म २५÷२५ जना छनौट गरि फाइलनमा १०÷१० जना छनौट गरिएको हो ।

प्रतियोगिताको विजेताले नगद १५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । एकल नृत्य र एकल गायन दुवै विधाका विजेताले नगर र ट्रफि प्राप्त गर्नेछन् । अन्य उपबिजेता हुने ९ जना प्रतियोगिले ट्रफि तथा पुरस्कार पाउने प्याब्सन विराटनगरका अध्यक्ष इन्द्र राईले जानकारी दिए ।

पहिलो चरणको अडिसनमा ८० भन्दा बढी विद्यालयहरूबाट गायनमा ९५ र नृत्यमा १ सय ५५ जना गरि २ सय ५० जना प्रतियोगिहरूले भाग लिएका थिए ।तस्वीरहरु पुष्पराज थपलिया

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर