AArya
RUMPUM
animated ellipse animated ellipse

मेरिल्याण्ड कलेज विराटनगरको बेलायतको विविएम डिग्रीमा विद्यार्थीको आकर्षण , भारतबाट पनि आए विद्यार्थी

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

९ श्रावण २०७६, बिहीबार १८:४३
3
Shares

विराटनगर /अन्तरास्ट्रिय शिक्षा लिन कि काठमाण्डौं नभए विदेश नै जानुपर्ने अवस्थामा विराटनगरमा सञ्चालित मेरील्याण्ड कलेज विराटनगरले अन्तराष्ट्रिय स्तरको पढाई यूकेको युनिभरसिटी अफ वल्भरह्याम्टनको स्नातक तह (विविएम) स्वदेशमै सञ्चालनमा ल्याएपछि विद्यार्थीको आकर्षण बढ्न थालेको छ ।

थोरै खर्च अनि स्वेशमै गुणस्तरीय शिक्षा प्रदान गर्दै आएकोे मेरील्याण्ड कलेजले ५ वर्षदेखि उक्त कोर्ष सञ्चालनमा ल्याएको हो । विराटनगरको भृकुटी चोकस्थित कलेजबाट पहिलो ब्याच दीक्षित भइसकेको छ।

कलेजमा अन्तराष्ट्रिय स्तरको शिक्षण विधि लेक्चर , ट्युटोरिएल र वर्कशपमा पढाइ हुने कलेजका बिजेनेश डेभलपमेन्ट प्रमुख विवेक दाहालले जानकारी दिए ।

नेपाल सरकार शिक्षा मन्त्रालयबाट स्वीकृत तथा नेपालकै त्रिभुवन विश्वबिद्यालयबाट समानताको डिग्री भएका कारण विद्यार्थीले उक्त डिग्री पढेर नेपाल साथै विश्वका जुनसुकै मुलुकमा रोजगारी तथा पढाइको लागि जान सक्ने दाहालले बताए ।

कलेजका पहिलो ब्याचका ३ जना विद्यार्थीले भर्खरै लोक सेवा अन्तर्गत नेपाल बैंकमा नाम निकालेर हाल काम गरिरहेको पनि उनले जनाए । उनका अनुसार हाल पहिलो ब्याचका ९५ प्रतिशत विद्यार्थी रोजगारी तथा स्वरोजगारको रुपमा काम गरिरहेका छन् ।

अन्तर्राष्ट्रिय शिक्षा सर्वसुलभ रूपमा प्रदान गर्दै
बेलायतको वल्भरह्याम्टन विश्वविद्यालयको साझेदारीमा बेलायती विश्वविद्यालयको डिग्री विराटनगर मै हासिल गर्न सक्ने वातावरण कलेजले सिर्जना गरेको छ ।

इनोभेट नेपाल ग्रुपको व्यस्थापनमा सञ्चालित कलेजमा अध्ययन हुने विषयको स्तरीयताको सम्बन्धमा समयसमयमा बेलायतको शिक्षा क्षेत्रको गुणस्तर मापन गर्ने संस्थाले स्थलगत अध्ययन तथा अनुगमन गर्ने गरेको दाहालले बताए ।

वेलायतमा ८० लाख खर्च गर्दा पाइने डिग्री विराटनगरको मेरिल्याण्ड कलेजमा ६ लाख ५० हजार हाराहारीमा पाइन्छ । कलेजमा अध्ययनरत विद्यार्थीले विभिन्न अवसरमा शैक्षिक भ्रमणमा विदेश जान पाउने कलेजले जनाएको छ । मेरिल्याण्ड कलेज विराटनगरबाट हरेक बर्ष २ जना १५ दिनको शिक्षिक क्याम्पमा बेलायत जाने गरेका छन् भने १० जना विद्यार्थी युनिभर्सिटी अफ थाइ च्याम्बर अफ कमर्सको सहकार्यमा थाइल्याण्ड जाने गरेका छन् । हाल कलेजका २ जना विद्यार्थी सदिक्षा बास्कोटा र आयुशी आग्रवाल बेलायतमा रहेका छन् ।

नेपाल मै सम्भवत सुबिधा सम्पन्न तथा भब्य पूर्वाधारसहितको उक्त कलेजमा पढ्ने विद्यार्थीलाई रोजगारीको लागि पढाइ सकाएपछी कलेज मै रोजगारी मेलाको आयोजना गरी आफ्नो क्षमता अनुसारको रोजगारी दिलाउन कलेज नै भूमिका खेल्ने पनि कलेजले जनाएको छ ।

भारत र छिमेकि प्रदेशबाट पनि बिद्यार्थी आउदै
कलेजमा हाल विराटनगर साथै जनकपुर ,राजविराज , लहान , इनरुवा , धरान , धनकुटा , झापा लगायत छिमेकी मुलुक भारतको विहार राज्यबाट पनि बिद्यार्थी अध्ययनको लागि आउने गरेका छन् । भारतमा यहि कोर्ष पढ्न १६ लाख रुपैया लाग्ने गरेको तर नेपालको विराटनगरमा नै उक्त डिग्री सस्तो र उही गुणस्तरमा पाएपछि कलेजमा भर्ना गरेको भर्खरै भारतको फार्बिजगन्जका मुराली कात्यान्नले बताए ।
विहार साथै भारत कै सिलगुडीबाट पनि विद्यार्थी आउने क्रम जारी रहेको कलेजले जनाएको छ ।

इनोभेट नेपाल ग्रुपको व्यस्थापनमा सञ्चालित यस कलेजमा बेलायतको बिजनेस डिग्री सर्वशुलभ शुल्कमा अन्तरास्ट्रियस्तरमा नै पढाइ हुदै आएको छ । इनोभेट नेपाल ग्रुपको व्यस्थापनमा हाल मेरिल्याण्ड कलेज विराटनगर , इस्लिंग्टन कलेज काठमाडौं , हेराल्ड कलेज काठमाडौं , इटहरी इन्टरनेसनल कलेज ,इन्फोर्म्याटिक्स कलेज पोखरा सञ्चालनमा रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर