AArya
RUMPUM
animated ellipse animated ellipse

सुनसरीमा निर्माणाधीन घरको सेफ्टी ट्यांकीभित्र भेटियो ठेकेदार र कामदारको शव

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२८ श्रावण २०८२, बुधबार १६:२५
288
Shares
सुनसरी / सुनसरीको दुहबीमा निर्माणाधीन घरको सेफ्टी ट्यांकीभित्र ठेकेदार र कामदारको शव फेला परेको छ। घटनाको प्रहरीले अनुसन्धान गरिरहेको छ।

दुहबी नगरपालिका–४ शिव मन्दिर चोकमा चन्द्रिका रौनियारको नयाँ बन्दै गरेको घरको सेफ्टी ट्यांकीभित्र आज विहान १० बजेतिर शव फेला परेको सुनसरी प्रहरीका प्रवक्ता डीएसपी योगराज खतिवडाले बताए। उनका अनुसार दुहबी–२ का अन्दाजी ५० वर्षीय श्यामबहादुर तामाङ र ३२ वर्षीय रमेश राईको शव सेफ्टी ट्यांकीभित्र फेला परेको हो।

प्रहरीका अनुसार मृत फेला परेका तामाङ उक्त घर बनाउने पेटी ठेकेदार र राई कामदार हुन्। सेफ्टी ट्यांकीभित्र २ जनाका शव रहेको जानकारी पाउनासाथ इलाका प्रहरी कार्यालय दुहबीबाट प्रहरी निरीक्षक सागर तिमिल्सिनाको नेतृत्वमा टोली घटनास्थल पुगेको छ।

घटनाको अनुसन्धानका लागि फोरेन्सिक विज्ञसहितको टोली घटनास्थलतर्फ जाँदै छ। धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट फोरेन्सिक विज्ञ झिकाइएको हो। घटनास्थल इलाका प्रहरी कार्यालय दुहबीबाट करिब २ किलोमिटर पूर्वमा पर्छ।

डीएसपी खतिवडाले दुवै जनाको शव अहिले घटनास्थलमै रहेको र मृत्युको कारण पत्ता लाग्न बाँकी रहेको बताए। उनका अनुसार अनुसन्धानपछि मात्र उनीहरूको हत्या भएको हो कि होइन भन्ने कुरा पत्ता लाग्नेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर