पूर्वाञ्चल खबर
विराटनगर / इलाका प्रहरी कार्यालय रानी विराटनगरले लागूऔषध सहित एक महिलालाई पक्राउ गरेको छ ।
विराटनगर महानगरपालिका १५ स्थित राम जानकी मन्दिर छेउबाट आज प्रहरीले चेकजांचको क्रममा विराटनगरकी ३० वर्षिय अरजिना खातुनलाई लागूऔषधसहित पक्राउ गरिएको हो ।
उनले बोकेर ल्याएको झोलामा राखी लुकाई छिपाई ल्याएको अवस्थामा लुपिजेसिक २०० एम्पुल, एभिल २०० एम्पुल, डाईजोल्याव २०० एम्पुल, स्पास्मो १४४ चक्की, नाईट्रेसन ३० चक्की, डाईजेल्याप ५ बोतल र २६ हजारसहित नियन्त्रणमा लिएको मोरङ प्रहरीले जनाएको छ ।