AArya
RUMPUM
animated ellipse animated ellipse

छवि ओझा र शिल्पा पोखरेल प्रहरीको खोजीमा

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

८ श्रावण २०७६, बुधबार २०:४४
3
Shares

काठमाडौं / चलचित्र निर्माता छविराज ओझा र नायिका शिल्पा पोखरेल प्रहरीको खोजी सूचीमा परेका छन् ।

बहुविवाहको कसूरमा अनुसन्धानका लागि जिल्ला अदालत काठमाडौंले आज पक्राउ पुर्जी जारी गरेपछि प्रहरीले उनीहरुको खोजी थालेको हो ।

महानगरीय प्रहरी प्रहरी काठमाडौंका प्रहरी नायव उपरीक्षक (डीएसपी) होविन्द्र बोगटीले छविकी जेठी श्रीमती हेमा ओझाले दिएको बहुविवाहको उजुरीका आधारमा पक्राउ पुर्जी जारी भएको बताए । उनका अनुसार दुवैको खोजी कार्य जारी छ । काठमाडौं प्रहरी परिसरमा बहुबिवाहको जाहेरी दर्ता भएपछि काठमाडौं जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको हो ।

छविकी जेठी श्रीमतीले बहुविवाहको मुद्धा दर्ता गराएकी हुन् । छविकी चौथो पत्नी हुन् शिल्पा तीन वर्षअघिदेखिसँगै रहेका छवि र शिल्पाले केही महिना अघि विवाह दर्ता गरेका थिए ।

केही साता अघि आफूलाई छविले घरेलु हिंसा गरेको भन्दै शिल्पा प्रहरीमा उजुरी गर्न पुगेपछि यो जोडी विवादमा आएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर