RUMPUM
animated ellipse animated ellipse

लोड भएको डिजेल ट्यांकरमा लागुऔषध ल्याउँने १ जना प्रकाउ

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

८ श्रावण २०७६, बुधबार १७:३७
3
Shares

विराटनगर / मोरङ प्रहरीले विराटनगरमा डिजेल लोड भएको ट्यांकरमा लागुऔषध फेला परेको छ ।

भारतको बरौनी डिपोबाट २० हजार लिटर डिजेल लोड गरेर आएको ना ४ ख ६६५० नम्बरको ट्यांकरमा आज लागुऔषध फेला पारेको हो ।

प्रहरीले विराटनगर महानगरपालिका–४ पिपल चोकबाट सह–चालक भारतको अररिया बथनाहा अमुनाका १९ वर्षीय मोहम्मद राजु र ट्यांकरलाई नियन्त्रणमा लिएको छ । चालक भारतको अररिया बथनाहास्थित सोनापुरका अन्दाजी ३२ वर्षीय मोहम्मद सफिक फरार छन् । उनको खोजी कार्य भइरहेको मोरङ प्रहरीले जनाएको छ ।

कोशी राजमार्गमा नो पार्किङ लेखिएको ठाउँमा पार्किङ गरेर राखिएको ट्यांकरलाई मोरङ ट्राफिक प्रमुख प्रहरी निरीक्षक शिवकुमार पोखरेल नेत्रृत्वको टोलीले नियन्त्रणमा लिने क्रममा त्यस भित्र लागुऔषध रहेको पत्ता लागेको हो ।

नियन्त्रणमा लिने क्रममा ट्यांकर भित्र चालक भने थिएनन् । पक्राउ परेका सह–चालकले चालक खाना खान गएको प्रहरीलाई बताएका छन् । मोरङ प्रहरी प्रमुख एसपी विश्व अधिकारीले ट्यांकरबाट चार बोतल कोडिन नामक लागुऔषध फेला परेको बताए । उनले लागुऔषधको तीनवटा खाली बोतल पनि भेटिएको जनाए । ट्यांकरमा चालक बस्ने नजिकै रहेको बक्सा भित्र प्लाष्टिकमा प्याक गरेर राखेको अवस्थामा लागुऔषध फेला परेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर