RUMPUM
animated ellipse animated ellipse

आतंककारी गतिविधि छोडेमा मात्र विप्लवसँग वार्ता हुन्छ –उपप्रधान्त्री पोखरेल

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

६ श्रावण २०७६, सोमबार १९:०५
3
Shares

विराटनगर / नेत्रबिक्रम चन्द(विप्लव) समुहसँगले हतियार र आतंककारी गतिविधि छोडेमा मात्र सरकारले वार्ता प्रक्रिया आगाडि बढाउने उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले बताएका छन् ।

आज साँझ विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसंग कुरा गर्दै उनले सो कुरा बताएका हुन् । उपप्रधानमन्त्री पोखरेलले अहिले विप्लप समूहसंग सरकारले औपचारिक रुपमा वार्ताको प्रक्रिया अगाडी नवढाएको जानकारी दिए ।

सरकारले संसदमा मिडिया काउन्सिल, विभिन्न आयोगका विधेयक जवाफदेहीपूर्ण दर्ता गरेको बताउँदै यस सम्वन्धमा भएका त्रुटिका विषयमा त्यही छलफल गरेर सच्याउने पर्नेमा जोड दिदै उपप्रधानमन्त्री पोखरेलले बाहिर हल्ला मच्चाएर विरोध गर्नु उचित नभएको बताए ।

नेकपाका स्थायी समिति सदस्य समेत रहेका उपप्रधान मन्त्री पोखरेलले जिल्ला इन्चार्जहरु नियुक्तिमा कसैको पनि विरोध नरहेको बताउदै पार्टी एकताको काम पनि सहमतिकै आधारमा हुने बताए ।

जिल्ला इन्चार्ज, केन्द्रीय विभाग, जनसंगठन र केन्द्रीय आयोगका विषयमा समेत सहमति हुने चर्चा गर्दै उपप्रधानमन्त्री पोखरेलले २२ वटा संगठन फाँट र ३२ वटा आयोगहरुमा जिल्लामा नसमेटिएका नेताहरुलाई जिम्मेवारी दिइने जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर