RUMPUM
animated ellipse animated ellipse

‘नेपाल सेलिब्रेटी अफ कमनमेन’ हुने

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१९ पुष २०७३, मंगलवार १७:१९
3
Shares
तस्वीर- प्रेम देवान
१९ पुस, विराटनगर/ छिमेकी मुलुक भारतमा कलर्सटिभीबाट हाल प्रशारण भईरहेको विग–वोस टाईपको सेलिब्रेटी रियालिटी शो ‘नेपाल सेलिब्रेटी अफ कमनमेन’ रोमान्चक प्रतिस्पर्धा नेपालमै पहिलो पटक हुने भएको छ ।
पल इन्टरटेन्टमेन्ट प्रालि र एक्भिट इन्टरनेशनल मिडिया प्रालिको संयुक्त आयोजनामा यो प्रतियोगिता हुने आज मंगलबार विराटनगरमा पत्रकार सम्मेलन गरी जानकारी गराएको हो ।
प्रतियोगिताको छनौट चरण फेब्ररीदेखि देशभरको १५ वटा शहरमा हुने प्रालिको सचिब राजरोय कर्णकारले जानकारी दिए । देशभरीबाट छनौट भएका उत्कृष्ट प्रतिभाका प्रस्तुत गर्ने १ सय १ जनालाई मेगा अडिशनको लागि छनौट गर्नेछन् ।
फाइनलमा १५ जना कमन मेन र ५ जनालाई सेलिब्रेटी सो मा राखिने आयोजकले जनाएको छ । सहभागी भएका ५ जनालाई सेलिब्रेटी एवाडले सम्मान गर्नेछन् । र्यालिटी शोमा १८ वर्षदेखि ४५ वर्षसम्मको सहभागी जनाउन पाउनेछन् । विजेताले नगद तीन लाख रुपैयाको साथै विभिन्न गिफट ह्याम्पर प्राप्त गर्नेछन् ।
र्यालिटि शोको फाइनल विराटनगरमा हुने भएको छ । शो सम्पन्न गर्न करिब ५२ लाख रुपैया खर्च हुने आयोजकले अनुमान गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर