पूर्वाञ्चल खबर
घुडाकोे शल्यक्रिया गरेपछि सुनसरीको दुहवी नगरपालिका – ६ का ४७ वर्षिय सुनिलकुमार साहको आज विहान मृत्यु भएको थियो ।
चिकित्सवले उपचारको क्रमममा लापारबाहि गरेको भन्दै मृतकका आफन्तहरू अहिले आन्दोलनमा उत्रिएका छन् । लापारबाही गर्ने चिकित्सवलाई कारवाहीको माग राख्दै उनीहरूले अस्पताल अगाडी नाराबाजी गर्दै बसेका हुन् । करिब तीन सयको खंख्यामा पीडितका आफन्त र स्थानिय आन्दोलित छन् । घरबाट मोटसाइकल निकाल्ने क्रममा गत बिहीबार साहको घोडामा चोट लागेको थियो । सोही दिन घोडामा लागेको चोटको नोबेलमा उपचारपछि घर फर्किएका थिए । साह शुक्रबार फलोअपमा नोबेल अस्पताल आएका थिए ।
हाडजोर्नी तथा नशारोग विशेषयज्ञ डा. धिरज सिंहले शल्यक्रिया गरिनुपर्ने बताएपछि उनलको टिमले साहको शल्यक्रिया गरेको थियो । यता नोबेल मेडिकल कलेजका प्रशासकिय अधिकृत नारायण दाहालले उपचारको क्रममा विरामीको मृत्यु भएको भन्दै अस्पतालले कुनै पनि लापारबाही नगरेको दाबी गरे । शल्यक्रिया गरेपछि वार्डमा सार्ने क्रममा चिकित्सवले दिएको जानकारी अनुसार ‘हटेट्याक्याक’ भएर यस्तो भएको उनले बताए ।