AArya
RUMPUM
animated ellipse animated ellipse

विद्याभूमिको अभिमुखिकरण

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

४ श्रावण २०७६, शनिबार २०:२७
18
Shares

विराटनगर / होटल म्यानेजमेन्टमा प्लसटु सञ्चालन गर्दै आएको विद्यामूमि स्कुल (विभिएस) प्लसटुले आज कक्षा ११ मा भर्ना भएका नयाँ विद्यार्थीलाई अभिमुखिकरण गरेको छ ।

होटल म्यानेजमेन्टको अवसर र विद्यालयले दिने सेवा सुविधाका विषयमा एक सय ६० जना नयाँ विद्यार्थीलाई अभिमुखिकरण गरेको हो । अभिमुखिकरण कार्यक्रममा विद्यालयका प्रिन्सिपल दिपेन भट्टराईले विद्यार्थीको मेहनत अनुसार उनीहरुले अवसर पाउने बताए । उनले अहिले होटल मेनेजमेन्ट पढेर आर्थिकरुपममा सवल हुनसक्ने बताए ।

त्यस्तै कार्यक्रममा विद्यालयका भाइस प्रिन्सिपल केशव न्यौपाने, विभागिय प्रमुख तारा बस्नेतले होटल म्यानेजमेन्ट पढेर के गर्ने भन्ने विषयमा विद्यार्थीलाई अभिमुखिकरण गरे । विद्यालयका अध्यक्ष पराग ढुंगानाको अध्यक्षतामा भएको कार्यक्रममा कक्षा १२ का विद्यार्थीले नयाँ विद्यार्थीलाई गीत र नृत्यका माध्यमबाट स्वागत गर्दै मनोरञ्जन समेत दिलाए ।

विराटनगरको मुनाल पथमा रहेको विभिएसले विगत तीन वर्षदेखि होटल म्यानेजमेन्ट विषय पढाउँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर