पूर्वाञ्चल खबर
८१ वर्षीया पूर्व मुख्यमन्त्री दीक्षितको दिल्लीको एस्काँट अस्पतालमा आज दिउँसो भारतीय समय ३ बजेर ५५ मिनेटमा निधन भएको भारतीय सञ्चारमाध्यमहरुले पुष्टि गरेका छन् । दिक्षितको जन्म सन ज्ञ९३८ मार्च ३१ तारीखमा पंजावको कपूरथलामा भएको थियो ।
उनी कांग्रेसको तर्फबाट १५ वर्ष दिल्लीकी मुख्यमन्त्री रहेकी थिइन् । उनी केन्द्रीय मन्त्री समेत बनेकी थिइन् । दीक्षित कांग्रेसका पुराना नेता उमाशंकर दीक्षितकी बुहारी थिइन् । उनका एक छोरा र एक छोरी छन् । दीक्षित सन १९९८ देखि २०१३ सम्म लगातार दिल्लीको मुख्य मन्त्री भएका थिइन् ।