RUMPUM
animated ellipse animated ellipse

गुणस्तरीय निर्माणमा जोड दिनु पर्छ–मुख्यमन्त्री राई

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

४ श्रावण २०७६, शनिबार ०७:४०
3
Shares
नेपाल इन्जिनियर्स एशोसिएशनको ५७ औं इन्जिनियर्स दिवसमा सम्बोधन गर्दै मुख्यमन्त्री शेरधन राई । तस्वीर : पुष्पराज थपलिया

विराटनगर / इन्जिनियर्सहरुले प्रदेशको पूर्वाधार निर्माणमा गुणस्तरीय कार्य गर्नुपर्ने प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले बताएका छन् ।

नेपाल इन्जिनियर्स एशोसिएशन प्रदेश नं. १ ले शुक्रवार साँझ विराटनगरमा आयोजित ५७ औं इन्जिनियर्स दिवसको उद्घाटन गर्दै मुख्यमन्त्री राईले सो कुरा बताएका हुन् । प्रदेशले विकासका लागि पूर्वाधारमा विकासमा ठूलो वजेट रकम छुट्याएकोले नमूना प्रदेश वनाउन सरकारँंग हातेमालो गर्न मुख्यमन्त्री राईले आग्रह समेत गरे । 

अमेरिकका भ्रणमा त्यहाँ रहेका नेपालीहरुलाई विश्वको नविनतम प्रविधि नेपालमा भित्र्याउन आव्हान गरेको जानकारी दिदै मुख्यमन्त्री राईले प्रदेश सरकारले चाँडै नै विज्ञ सम्मेलनको आयोजना गरी ठोस योजना वनाए पश्चात लगानी सम्मेलनको आयोजना गर्ने बताए ।

मुख्यमन्त्री राईले संविधान निर्माणमा देखिएका केही असन्तुष्ट वर्तमान सरकारले सम्वोधन गर्दै जाने चर्चा गर्दै मुलुक निर्माणमा फराकिलोे सोचका साथ त्याग निष्ठावाट कार्य गर्न समेत आग्रह गरे ।

महानगरमा छात्रावास सहितको एउटा प्राविधिक विद्यालय सञ्चालन गर्ने जानकारी दिदै विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले गुणस्तरीय कार्यवाट शुसासन कायम हुने बताए ।

प्रदेश सदस्य जयराम यादवले इन्जिनियरले दैवीप्रकोपलाई ध्यानमा राखी विकास निर्माणका कार्य गर्नुपर्नेमा जोड दिए ।

एशोसिएशनका प्रदेश अध्यक्ष यशबन्तविक्रम शाह, पूर्वाञ्चल इन्जिनियर क्याम्पस धरानका प्रमुख ओमप्रकाश ढकाल, पूर्व केन्द्रीय अध्यक्ष ध्रुव थापा, मनोज घिमिरेले इन्जिनियर पूर्वाधार विकासका मेरुदण्ड भएको बताए ।

नेपालमा ५२ हजार इन्जिनियर दर्ता रहेकोमा हाल स्वदेशमा ३६ हजार कार्यरत रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर