RUMPUM
animated ellipse animated ellipse

रोजगारीको प्रलोभनमा पारी मानव बेचबिखनमा संलग्न तीनजना पक्राउ, १० जनाको उद्धार

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

३ श्रावण २०७६, शुक्रबार २१:५६
3
Shares

विराटनगर /मोरङ प्रहरीले आकर्षक रोजगारीको प्रलोभनमा पारेर भारतमा बेचिन लागेका २ महिला सहित १० जनाको उद्दार गरेको छ ।

सुनसरीको घुस्की नाकाबाट ८ पूरूष र २ महिलालाई भारतमा लगेर श्रम शोषणकालागि बेच्न लागेको अवस्थामा सुनसरीबाट उद्दार गरेको हो ।

मोरङको इलाका प्रहरी कार्यालय उर्लाबारीले सुनसरी प्रहरीसँग समन्वय गरेर भारत कटाउनै लाग्दा उनीहरुको हिजो साँझ उद्धार गरेको थियो । उर्लाबारी नगरपालिका–४ घर भएका सबै जनालाई आज अभिभावकको जिम्मा लगाएर पठाइएको छ ।

मोरङ प्रहरी प्रमुख एसपी विश्व अधिकारीका अनुसार मासिक भारतीय १७ हजार रुपैयाँ र ओभर टाइम गर्दा राम्रो कमाई गर्न सकिने भन्दै प्रलोभनमा पारेर सबै जनालाई सामूहिक रुपमा जम्मु–कास्मिर लैजान लागिएको पुष्टि भएको बताए ।

उनीहरुलाई नेपालबाट कास्मिर लैजान खोज्ने तीन जनालाई पनि पक्राउ गरिएको मोरङ प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा मोरङको उर्लाबारी–४ का ४८ वर्षीय पुड्का उराँव, उनकी श्रीमती ४५ वर्षीय फूलकुमारी उराँव र सुनसरीको हरिनगरा–७ का ४० वर्षीय अफिज अन्सारी रहेका छन् । जम्मु–कास्मिरमा लगिँदै गरेका १० लाई उद्धार गर्नका लागि खटिएको प्रहरी टोलीमाथि समेत आक्रमणको प्रयास भएको मोरङ प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर