AArya
RUMPUM
animated ellipse animated ellipse

कान्तिपुर कलेजले गर्यो अभिमुखिकरण गोष्ठी तथा स्वागत

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

३ श्रावण २०७६, शुक्रबार १४:४७
9
Shares

विराटनगर / नव आगन्तु विद्यार्थीहरुलाई लक्षित गरी विराटनगरमा १० मा रहेको कान्तिपुर कलेजले आज एक दिने अभिमुखिकरण गोष्ठी तथा स्वागत गरेको छ ।

कलेजले सञ्चालन गरेको कक्षा ११ विज्ञान, व्यवस्थापन तथा होटेल मेनेजमेन्ट संकायमा पाँचौ औं ब्याचमा ६ सय ९० भर्ना भएका विद्यार्थीहरुलाई कलेजको बारेमा जानकारी गराएको थियो । विज्ञान संकायमा ३ सय, व्यवस्थापन संकायमा ३ सय ५० र होटेल मेजमेन्टमा ४० जना विद्यार्थी भर्ना भएको कलेजले जनाएको छ ।

कलेज व्यवस्थान समितीको अध्यक्ष प्रा.डा. तेजनारायण मण्डलकोे सभापतित्वमा भएको कार्यक्रमका प्रमुख अतिथी ह्यापी लाईफ एजुकेशनका निर्देशक तथा उत्पेरणक डा. तारा गिरी, कलेजका प्रिन्सिपल भूवन नेपाल, कलेजका सिइओ विष्णु दाहाल, कलेजका पूर्व अध्यक्ष जनक अधिकारी, कलेजका को–अडिनेटरद्वय कृष्ण भण्डारी र रोशन राजवंशीलगायतले कलेजको बारेमा जानकारी गराएका थिए ।

कलेजमा अध्ययनरत कक्षा १२ का विद्यार्थीले नव आगन्तुक विद्यार्थीहरुलाई नृत्य तथा गित गाएर स्वागतसमेत गरेका थिए । सोही अवसरमा विराटनगरकी हास्य कलाकार संगीता यादवले प्रस्तुती दिएर कार्यक्रमलाई थप आकर्षक गराएका थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर